२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

दश हजार पाँच सय बढी मतअन्तरले धादिङ २ मा रामनाथ विजयी

२०७९ मंसिर ८, बिहिबार मा प्रकाशित ( साल अघि) ३२२ पाठक संख्या

धादिङ, ८ मंसिरः धादिङ प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका रामनाथ अधिकारी विजयी हुनुभएको छ । नेपाली कांग्रेस धादिङका जिल्ला सभापतिसमेत रहनुभएका अधिकारीले नेकपा एमालेका खेमप्रसाद लोहनीलाई १० हजार ५ सय ३३ मत अन्तरले पराजित गर्नुभएको हो ।

मत परिणामअनुसार कांग्रेसका अधिकारीले ३४ हजार ४ सय ८३ मत पाउनुभयो भने एमालेका लोहनीले २३ हजार ९ सय ५० मत ल्याउनुभएको थियो । सो क्षेत्रमा ६९ हजार १ सय ६४ मत गणना भएको थियो । राष्टिय स्वतन्त्र पार्टीका बसुमाया तामाङले ५ हजार ५ सय २५ मत प्राप्त गर्नुभयो । उक्त निर्वाचन क्षेत्रमा ३ हजार ३ सय ७३ मत बदर भएको छ ।

२०७४ को निर्वाचनमा कांग्रेसकै दिलमान पाख्रिनलाई वाम गठबन्धनको बलमा ६ सय ७१ मतले पराजित गराएका लोहनी अहिले सत्ता गठबन्धनको साथमा रहेका कांग्रेसका अधिकारीसंग भारी मतअन्तरले पराजीत हुनुभएको हो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु