२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

बारा ४ का नवनिर्वाचित जनप्रतिनिधिहरुलाई प्रमाणपत्र प्रदान

२०७९ मंसिर १०, शनिबार मा प्रकाशित ( साल अघि) ३२१ पाठक संख्या

सिमरा, १० मंसिरः बारा क्षेत्र नम्बर ४ का नवनिर्वाचित जनप्रतिनिधिहरुलाई आज प्रमाणपत्र प्रदान गरिएको छ । मतगणनास्थल नेरा नमुना मावि सिमरामा आज एक कार्यक्रमको आयोजना गरी निर्वाचन अधिकृतको कार्यालयले नवनिर्वाचित जनप्रतिनिधिहरुलाई प्रमाण पत्र वितरण गरेको हो ।
प्रमाण पक्र वितरण कार्यत्रममा बोल्दै मुख्य निर्वाचन अधिृकत कर्ण कुमार राईले जनताको हितमा काम गर्न आग्रह गर्नुभयो । बाराका प्रमुख जिल्ला अधिकारी कृष्ण कटवालले बारामा शान्तिपूर्णमा रुपमा निर्वाचन सम्पन्न भएको बताउनुभयो । सबैको साथ र सहयोगले निर्वाचन शान्तिपुर्ण रुपमा सम्पन्न भएको भन्दै उहाले निर्वाचित जनप्रतिनिधिलाई शुभकामना दिनुभयो । कार्यक्रममा बोल्दै बारा क्षेत्र नम्बर ४ प्रतिनिधिसभा सदस्य कृष्ण कुमार श्रेष्ठ किशानले जनअपेक्षा अनुसार आफुले काम गर्ने बताउनुभयो । त्यसैगरी सबैलाई समेटेर आफू अघि बढ्ने भन्दै उहाँले विकास निर्माणको पक्षमा लाग्ने बताउनुभयो ।
बारा क्षेत्र नम्बर ४ क का प्रदेशसभा सदस्य देवनारायण चौधरी र बारा क्षेत्र नम्बर ४ ख का प्रदेशसभा सदस्य जितेन्द्र सोनलले जनताकै पक्षमा उभिएर आफूहरुले काम गर्ने बताउनुभयो ।

 

 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु