२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

बारा प्रहरीद्वारा एक भारतीय पिकअप भ्यान नियन्त्रणमा

२०७९ मंसिर १२, सोमबार मा प्रकाशित ( साल अघि) २७९ पाठक संख्या

सिमरा, १२ मंसिरः प्रहरीले कलैया उपमहानगरपालिका वडा नं.१० मटिअर्वाबाट एक भारतीय पिकअप भ्यान नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार सो गाडी भारतबाट भन्सार छली चोरी पैठारी गरी नेपाल ल्याईएको हो ।
उक्त गाडीको भन्सार मूल्य १० लाख बराबरको भएको बारा प्रहरी प्रवक्ता डिएसपी राजेश थापाले जानकारी दिनुभयो । जीपी ५२ त १६४७ नम्बरको भारतीय पिकअप गाडी लुकाई छिपाई राखेको बेवारीसे अवस्थामा फेला पारेको हो ।
बरामद भएको गाडी नियन्त्रणमा लिई भन्सार ऐनअनुसार आवश्यक कारवाहीको लागि मुल भन्सार कार्यालय बिरगंज, पर्सामा बुझाइएको उहाँले बताउनुभयो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु