२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

स्थानीयले रोके फोहोरको गाडी, मेयर भन्छन् राजनीति भयो

२०७९ मंसिर १२, सोमबार मा प्रकाशित ( साल अघि) ५८० पाठक संख्या

सीता अधिकारी
सिमरा, १२ मंसिरः बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं १ स्थित दुधौरामा बसोवास गर्दै आएका स्थानीयले उपमहानगरको फोहोर बोकेको गाडी रोकेका छन् । फोहोरको कारण दुर्गन्ध फैलिएको र झिँगा भन्किने गरेकोले गाउँका आम मानिसमा स्वास्थ्य समस्या देखिएको , पाँच महिना अघि मेयरले गरेको वाचा पूरा नगरेको भन्दै स्थानीयले फोहोरको गाडी रोकेका हुन् ।
स्थानीय सम्झना बनले फोहोरको कारण बालबालिकालाई समेत असर परेको, फोहोर फालेको ठाउँ नजिकै गिटी ढुंगा कुटेर विहान बेलुकाको छाक टार्नु पर्ने अवस्थामा रहेको आफूहरुलाई झिँगाले टोकेर काम गर्न नदिएको गुनासो गर्नुभएको छ ।

1669636729965

त्यस्तै अर्का स्थानीय सूर्यबहादुर स्यांतान नगरका मेयरले पाँच महिनाको समय मागेकोमा सात महिना भैसक्दा पनि फोहोर व्यवस्थापनप्रति कुनै चासो नदिएकोले गाउँलेहरु मिलेर फोहोरको गाडी रोक्न बाध्य भएको बताउनुहुन्छ ।

के हो त स्थानीयको माग ?
स्थानीयहरुका अनुसार उनीहरुको माग भनेको फोहोर फाल्ने ठाउँ र गाउँमा झिँगा व्यवस्थापन, उपयुक्त औषधी छर्कने र दुर्गन्ध हटाउँने, मेयरले पाँच महिनाअघि दिएको आश्वासन र गरेका वाचाहरु (उद्योग खोल्ने, फोहोरलाई मल बनाउने जस्ता कुराहरु ) पूरा गर्नुपर्ने लगायतको रहेको छ ।

1669636865225
दुधौराको सुकुम्वासी वस्तीमा उपमहानगरको फोहोरको गाडी थन्किएको छ । पाँचदिनदेखि उपमहानगरको फोहोर उठ्न सकेको छैन । दुधौरावासीको मागलाई के मेयरले सम्बोधन नगरेकै हुन त ?

फोहोरमाथि राजनीति धेरै भयोः मेयर पौडेल

1669650826123

नगरले पटक पटक स्थानीयको माग सम्बोधन गरेकै छ । रोग किरा, झिँगा नियन्त्रणका लागि दवाइ र छिट्ने भाँडाहरु उपलब्ध गराइएकै छ । उहाँका अनुसार सो ठाउँको स्थानीय विद्यालयमा पढ्ने बालबालिकालाई उचित शिक्षाका लागि शैक्षिक सामग्री प्रदान गरिएको छ । डम्पि» साइड वरपर बाउण्ड्री गरी घेराबारा लगाउने काम भएको छ । उद्योग खोल्ने प्रक्रियामा हामी लागि परिरहेकै छौँ तर पनि यहाँ फोहोरमाथि राजनीति धेरै भयो । वडाध्यक्ष लगायतका व्यक्तिहरुले नै अहिले फोहोरको गाडी रोकेर फोहोर फाल्न नदिएको मेयर राजन पौडेलको आरोप छ ।

मैले रोकेको छैनः वडाध्यक्ष गुरुंग

1669650200152
यता वडा नं १ का वडाध्यक्ष हिराबहादुर गुरुंग फोहोर व्यवस्थापनका लागि आफू लागि परिरहेको अवस्थामा यस्ता आरोप लगाउने काम गलत भएको बताउनुहुन्छ । उहाँ यदि आफूले गाडी रोकेर फोहोर फाल्न नदिएको र गाउँलेलाई उचालेर आन्दोलन गर्न लगाएको प्रमाण भेटिए कारवाही भोग्न तयार भएको बताउनुहुन्छ ।

यता जीतपुर सिमरा उपमहानगरपालिकाका फोहोर व्यवस्थापन शाखा प्रमुख दुर्गा न्यौपाने समिति बनाएर काम गर्नुपर्ने धारणा राख्नुहुन्छ । उहाँले अहिले कार्यपालिकाको बैठक वस्न नसकेकोले समिति बनाउन नसकिएको जानकारी दिनुभयो ।

1669636812328
प्रमुख प्रशासकीय अधिकृत चेतकुमार पोख्रेलले फोहोर व्यवस्थापनका लागि विभिन्न ठाउँ हेरेको र उपयुक्त स्थान छनोट गरेर संरचना बनाएपछि दुधौरामा फोहोर नफालिने बताउनुहुन्छ ।

1669636842806

उहाँले घरबाट उत्सर्जन हुने फोहोरलाई अर्गानिक मल बनाउन उद्योग खोल्ने, प्लाष्टिकजन्य पदार्थलाई पेलेर पाइप बनाउनसमेत सकिने बताउनुभयो । उहाँका अनुसार जीतपुर सिमराको फोहोर व्यवस्थापनका लागि ठेक्कमा मासिक ५ देखि ६ लाख लाग्ने गरेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%१%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु