२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

व्यापारिक मार्गको निर्माणकार्य शीघ्र सम्पन्न गर्न नगर उद्योग वाणिज्य सँघको आग्रह

२०७९ मंसिर २१, बुधबार मा प्रकाशित ( साल अघि) ३५६ पाठक संख्या

सीता अधिकारी
सिमरा, २१ मंसिरः वीरगंज –पथलैया छ लेन ब्यापारिक मार्गको निर्माणकार्य शीघ्र सम्पन्न गर्न आग्रह गर्दै नगर उद्योग बाणिज्य सँघले आज ब्यापारिक मार्ग बिस्तार योजनाको कार्यालय पथलैया , बारामा पुगेर ध्यानाकर्षण गराएको छ । लामो समयदेखि निर्माण गरिँदै आएको छ लेन सडकको कार्य सम्पन्न भैसक्नुपर्नेमा ठेकेदार कम्पनीहरुले शीघ्रता नगरीदिँदा सडक अस्तव्यस्त भएको भन्दै बाराको जीतपुर सिमरा नगर उद्योग वाणिज्य सँभका पदाधिकारीले ध्यानाकर्षण गराएका हुन् ।
नगर उद्योग वाणिज्य सँघका अध्यक्ष मोहनशर्मा लामिछानेको नेतृत्वमा गएको सँघका पदाधिकारीले योजना प्रमुख राजेन्द्र दाससँग भेटवार्ता गर्दै जीतपुर बजारको साईड लेन र अव्यवस्थित फुटपाथ लेन र आवस्यकताअनुसार आकासे पुल निर्माण, वृक्षारोपण र सडक बत्ती साथै ट्राफिक लाईट लगायतका सार्वजनिक सरोकारका कार्यहरुमा चुस्त दुरुस्त ब्यवस्थापनको लागि आग्रह गरिएको बताइएको छ ।

तत्काल काम सुरु गर्न योजना प्रमुखको निर्देशन
नगर उदोग वाणिज्य सँघका पदाधिकारीको ध्यानाकर्षणलाई योजना प्रमुख दासले सकारात्मक रुपमा लिनु भै छिट्टैनै ब्यापारिक मार्ग निर्माण सम्पन्न हुने बिश्वास व्यवसायीहरुलाई दिलाउनुभएको थियो । साथै उहाँले तत्काल ठेकदार पक्षसङ्ग सम्पर्क गरी आउँदो पुस महिनाबाट काम सुरु गर्न निर्देशन दिनुभएको छ ।
सहभागिता
ध्यानाकर्षण कार्यक्रममा जीतपुरसिमरा नगर उद्योग बाणिज्य संघ बाराको अध्यक्ष मोहन शर्मा लामिछाने लगायत महासचिव प्रकाश गिरी, उद्योग सदस्य रिना रौनियार पुरी, कार्यसमिति सदस्य मुकुन्द रिजाल सहितका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु