२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

छुट्टाछुट्टै दुर्घटनामा २ को मृत्यु

२०७९ मंसिर २४, शनिबार मा प्रकाशित ( साल अघि) २३२ पाठक संख्या

सिमरा, २४ मंसिरः बारामा छुट्टाछुट्टै दुर्घटनामा २ को मृत्यु भएको छ । शनिबार भएको छुट्टाछुट्टै दुर्घटनामा दुईको मृत्यु भएको हो ।
बाराको महागढीमाई नगरपालिका वडा नम्बर ८ मा मोटरसाइकल दुर्घटना भएको छ । कलैयाबाट लग्डाचौक जाँदै गरेको ना २४ प ५३२५ नम्बरको मोटरसाइकल आफै अयिन्त्रित भएर पुलको सानो डिभाइडरमा ठोक्किदा दुर्घटना भएको हो ।

दुर्घटनामा बाराको सिम्रौनगढ नगरपालिका वडा नम्बर १० बस्ने ३० वर्षीय रतन दासको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । गम्भिर घाइते भएका उनलाई उपचारका लागि कलैया अस्पतालमा पठाइएकोमा त्यही मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
यस्तै आफ्रनै घरमा अचेत भेटिएका बाराका एक व्यक्तिको उपचारका क्रममा मृत्यु भएको छ । बाराको पचरौता नगरपालिका वडा नम्बर ७ सखुवाका २६ वर्षीय नागेन्द्र मुखिया आफ्नै घरमा अचेत अवस्थामा भेटिएका थिए ।
उनी घरमै अचेत अवस्थामा रहेको खबरपश्चात प्रहरी सहायक निरीक्षक सुरेश पासवानको नेतृत्वमा खटिएको टोलीले उनलाई उपचारका लागि वीरगञ्ज पठाएको थियो । बाराका प्रहरी प्रवक्ता राजेश थापाका अनुसार उपचारका क्रममा नरायणी उप–क्षेत्रिय अस्पताल बिरगंजमा निजको मृत्यु भएको हो ।

 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु