२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

बारा काँग्रेसको सिँगो प्रतिनिधि बनिन् मिना लामा

२०७९ मंसिर २५, आईतबार मा प्रकाशित ( साल अघि) ५७९ पाठक संख्या

सीता अधिकारी
सिमरा, २५ मंसिरः बारा जिल्ला भरिकै सिँगो प्रतिनिधि साँसद बनेकी छन् काँग्रेस नेतृ मिना लामा । नेपाली काँग्रेस पार्टीबाट समानुपातिक सिटमा प्रदेश साँसदको रुपमा मिना लामा चुनिएपछि मधेसप्रदेशका लागि बारा जिल्लाबाट सिँगो प्रतिनिधि बनेकी हुन् ।
पार्टीबाट प्रत्यक्षतर्फ नेपाली काँग्रेस पहिलो पाटी भएपनि बारा जिल्लाको प्रत्यक्षमा नील बनेको काँग्रेस समानुपातिकमा पनि झण्डै निल हुन पुग्यो । सँघीय समानुपातिक कोटामा परेका काँग्रेस सहमहामन्त्री फरमुल्लाह मन्सुर समानुपातिकमा पर्ने प्रवल दावेदार हुँदा हुँदै पनि पर्न सकेनन् ।
यता प्रदेशमा पनि सिफारिस भएका मध्ये एकजना मिना लामा मात्रै पर्न सफल भएकी हुन् । राजनीतिमा लामो सँघर्ष गरेकी लामाले आफूलाई सबैले सहयोग गरेको र जीवनको उत्तरार्धमा भएपनि आफूलाई पार्टीले न्याय गरेको भन्दै सबैप्रति आभार प्रकट गरेकी छन्् ।

त्यस्तै पर्साबाट पनि समानुपातिकमा पुरुषतर्फ राजनीतिका प्रखर युवा नेता राकेश सिँह पर्न सफल भएका छन् ।

1670768775339

उनले पनि पार्टीले आफूलाई न्याय गरेको र प्रदेशको समग्र विकासमा आफ्नो भूमिका महत्वपूर्ण हुने जानकारी दिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु