२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

पत्रकारितालाई निस्पक्ष र मर्यादित बनाएर लैजान वक्ताहरुको आग्रह

२०७९ पौष २, शनिबार मा प्रकाशित ( साल अघि) २६७ पाठक संख्या

 

सीता अधिकारी
अमलेखगञ्ज बारा, २ पुसः पत्रकारितालाई निस्पक्ष र मर्यादित बनाएर लैजान वक्ताहरुले बताएका छन् । नेपाल पत्रकार महासंघ बारा शाखाको १७औ वार्षिक साधारणसभामा उपस्थित वक्ताहरुले पत्रकारितालाई मर्यादित बनाउनु पर्ने बताएका हुन् ।
कार्यक्रममा प्रमुख अतिथि एवं सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार माहासंघका केन्द्रीय सचिव दीपेन्द्र चौहान, केन्द्रीय सदस्य सुभाष साह, शिव पुरी, केसी लामिछाने, संविधानसभा सदस्य शोभाकर पराजुली, बाराका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवाल, जीतपुरसिमरा उपमहानगनरपालिका वडा नं १६ का वडाध्यक्ष हरिदेव खरेल, पूर्व अध्यक्ष गुरुप्रसाद गौतम, जीतपुरसिमरा नगर उद्योग वाणिज्य सँघका अधयक्ष मोहन लामिछाने लगायतले पत्रकारितामार्फत समाज परिवर्तन गर्न सकिने भन्दै व्यवसायिक पत्रकारितामा लाग्न पनि जोड दिनुभएको थियो ।
कार्यक्रममा नेपाल पत्रकार महासँघका पूर्व अध्यक्षहरुलाई सम्मान गरिएको थियो । यस्तै केन्द्रीय सदस्यद्वय सुभास साह, प्रदेश कमिटी सदस्य महेश्वर अधिकारी, जीतपुरसिमरा १६ का अध्यक्ष हरिदेव खरेललाई सम्मान गरिएको थियो । पत्रकार महासंघ बारा शाखाका अध्यक्ष रेशम तिवारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन कार्यसमितिका उपाध्यक्ष लक्ष्मी पाण्डेले गर्नु भएको थियो । कार्यक्रममा उपाध्यक्ष रामबाबू मेहताले स्वागत मन्तब्य राख्नुभएको थियो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु