२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

मधेस प्रदेशकै उत्कृष्ट दुग्ध उत्पादक सहकारी डुमरवानाको २७ औँ वार्षिक सभा सम्पन्न

२०७९ पौष २, शनिबार मा प्रकाशित ( साल अघि) ४०४ पाठक संख्या

सीता अधिकारी
डुमरवाना, २ पुसः प्रदेश २ कै उत्कृष्ट दुग्ध सहकारी डुमरवाना दुग्ध उत्पादक सहकारी संस्थाले आफ्नो २७ औँ वार्षिक सभा सम्पन्न गरेको छ ।संस्थाका अध्यक्ष टिकाराम न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि पूर्व कृषि मन्त्रि एवं बारा क्षेत्र नं ३ का प्रतिनिधि सभासदस्य ज्वालाकुमारी साह रहनुभएको थियो ।

 

1671295686972

२ हजार ५ सय २ जना सेयर सदस्य रहेको संस्थाले आर्थिक वर्ष २०७८/७९मा ८२ लाख २१ हजार चार सय मुनाफा गरेको संस्थाका अध्यक्ष न्यौपानेले आफ्नो प्रतिवेदन प्रस्तुतिमा उल्लेख गर्नुभएको थियो ।त्यस्तै संस्थाका लेखा संयोजक दीपक प्रसाद चौधरीले लेखा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । संस्थाको नीति तथा कार्यक्रम प्रस्तुति संस्थाका व्यवस्थापक सन्तोष भुजेलले गर्नुभएको थियो ।

विभिन्न व्यक्ति सम्मानित
सहकारीले विभिन्न विधामा काम गर्ने ३६ जनालाई सम्मान तथा प्रशंसापत्र प्रदान गरेको छ । यसरी सम्मान प्राप्त गर्नेहरुमा उपकेन्द्र उत्कृष्ट किसान, सर्वोत्कृष्ट किसान र सर्वोत्कृष्ट कर्मचारी रहेका छन् ।

1671295354721

सञ्चारकर्मी पोख्रेल सम्मानित
सञ्चारका क्षेत्रबाट समाजमा चेतना फैलाउन भूमिका निर्वाह गरको भन्दै संस्थाले सञ्चारकर्मी शारदा पोखरेललाई सम्मान गरेको छ ।

 

1671295373057
कार्यक्रममा वडा नं १५ का वडाध्यक्ष रामप्रसाद लामिछाने, वडा नं १६ का वडाध्यक्ष हरिदेव खरेल, संस्थापक अध्यक्ष गंगादत्त अधिकारी, सप्तरंगी साकोसका अध्यक्ष राजु अधिकारी, सञ्चारकर्मी विदुर खड्कालगायतले मन्तव्य राख्नुभएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु