२०८२ माघ २४, शुक्रबार
नयाँ
पछिला अपडेट

पत्रकार महासँघ बाराद्वारा अग्रज पत्रकारलाई पेन्सन दिने व्यवस्थाको सुरुवात

२०७९ पौष ४, सोमबार मा प्रकाशित ( साल अघि) ६०६ पाठक संख्या

सीता अधिकारी
सिमरा, ४ पुसः नेपाल पत्रकार महासँघ बाराले ६५ वर्ष नाघेका पत्रकारलाई पेन्सन दिने व्यवस्थाको सुरुवात गरेको छ ।

1671438963480                  पेन्सन रकम र पेन्सन कार्ड वर्तमान अध्यक्ष तिवारीलाई हस्तान्तरण गर्दै पूर्व अध्यक्ष उपाध्याय

यस वर्ष बाराका तीन अग्रज पत्रकारलाई सम्मानस्वरुप पेन्सन वितरण गरेर यसको सुरुवात गरेको हो ।महासँघ बाराका अध्यक्ष रेशम तिवारीले महासँघको साधारण सभाको अवसर पारेर अग्रज पत्रकार त्रय सत्यप्रकाश श्रेष्ठ, उमेशलाल दास र रामेश्वर मेहतालाई पाँच हजारका दरले वा पेन्सनवापतको रकम हस्तान्तरण गर्नुभएको थियो ।

पत्रकार महासंघ बाराका पूर्वअध्यक्ष कमलकुमार उपाध्यायले आफ्नो कार्यकालमा अग्रज पत्रकारलाई सम्मानस्वरुप पेन्सन उपलब्ध गराउने कार्यको सुरुवात गर्नुभएको थियो । पूर्वअध्यक्ष उपाध्यायले आफ्ना मातापिताको नाममा नवजान कल्याण कोष स्थापना गरी अग्रज पत्रकारलाई पेन्सन उलपब्ध गराउन सुरुवात गर्नुभएको हो । उक्त कोषमा उहाँले आफ्नो तीन दाजुभाइको आम्दानीको १ प्रतिशत रकम जम्मा गर्ने गरेको बताउनुभयो ।
अग्रज पत्रकारलाई पेन्सन दिइने कार्य सराहनीय हो तर यसको निरन्तरताका लागि महासँघले आफैँ एउटा अक्षय कोश खडा गरी केही रकम बढाउनुपर्ने देखिन्छ ।

 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु