२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

जीतपुरमा अटो चोरी गरी भाग्न लागेका एक व्यक्ति लागू औषधसहित पक्राउ

२०७९ पौष १२, मंगलबार मा प्रकाशित ( साल अघि) २७६ पाठक संख्या

 

सिमरा, १२ पुसः बाराको जीतपुरस्थित केराढोकाबाट प्रहरीले अटो चोरी गरी भाग्न लागेका एक व्यक्तिलाई लागू औषधसहित पक्राउ गरेको छ ।
जीतपुरसिमरा उपमहानगरपालिका वडा नं ७ केराढोकाबाट मंगलबार जीतपुर बजारमा पार्किग गरी राखेको ना.१.ह.९३३० न.को अटो चोरी गरी भाग्ने क्रममा पर्सा जिल्लाको प्रसौनि गा.पा.५ बस्ने अ.बर्ष २२का राम बिनय प्र.यादबलाई प्रहरीले पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय जीतपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई निजलाई चेक जाँच गर्दा यादवको साथमा रहेको कालो प्लास्टिकको झोलामा लागुऔष नाइट्राभेट ट्याब्लेट ८ पत्ता २३७ गोटी(१ पत्ता बराबर ३० गोटी ३गोटी खाई सकेको)सहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
यसैगरी बाराको सिमरा चोकबाट ६० लिटर मदिरा र स्कुटिसहित प्रहरीले एकजनालाई नियन्त्रणमा लिएको छ । जीतपुरसिमरा उपमहानगरपालिका वडा नं २ को सिमराचोबाट पथलैयातिरबाट जीतपुरतर्फ जाँदै गरेको ना.३३प ७२७० न.को स्कुटीमा रक्सी जादै छ भनि बिषेश सूचनाको आधारमा प्रहरीले मंगलबार नियन्त्रणमा लिउको हो । इलाका प्रहरी कार्यालय सिमराबाट प्र.स.ह. प्रदीप साहको कमाण्डमा खटिएको गस्ती टोलीले बीरगंज महानगरपालिका वडा. नं १२ मुर्ली बगैचा बस्ने वर्ष ५५ का अनिल लामिछानेलाई नियन्त्रणमा लिई उक्त रक्सी, स्कुटीको अ. मु. ४२हजार २सय ६० रुपियाँ बराबरको रहेको र आन्तरिक राजस्व कार्यालय सिमरा बारामा बुझाईएको बाराका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक राजेश थापाले जानकारी दिनुभयो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु