२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

बाराकै उत्कृष्ट सहकारी सिमरा महिला साकोसद्वारा १५ दिने मखमलको जुत्ता बनाउने तालिम सुरु

२०७९ पौष १५, शुक्रबार मा प्रकाशित ( साल अघि) ६१८ पाठक संख्या

सीता अधिकारी
सिमरा, १५ पुसः बारा जिल्लाको उत्कृष्ट सहकारी सिमरा महिला वचत तथा ऋण सहकारी संस्थाले आफ्ना सदस्यहरुलाई स्वरोजगार बनाउन १५दिने मखमलको जुत्ता बनाउने तालिम सुरु गरेको छ । संस्थाले आफ्ना सेयर सदस्यहरुलाई आत्मनिर्भर बनाउन संस्थाको आफ्नै लगानीमा उक्त तालिम शुक्रबारबाट सुरु गरेको हो ।
विभिन्न समयमा नयाँ नयाँ तालिम सञ्चालन गरी सेयर सदस्यहरुलाई स्वरोजगार बनाउँदै आएको संस्थाले यस पटक पनि यस क्षेत्रमा नयाँ किसिमको सीप तथा तालिम सञ्चालन गर्न लागेको सस्थाका अध्यक्ष अनिता लम्सालले जानकारी दिनुभयो ।उहाँले संस्थाको वार्षिक कार्यक्रमअन्तरगत यसअघि विभिन्न समयमा महिलाहरुलाई सशक्तिकरण गर्न व्यवसायिक च्याउखेती, क्रिस्टलको गहना बनाउने तालिम लगायतका कार्यक्रम सञ्चालन गरिसकेको बताउनुभयो । यो चोटी मखमलको जुत्ता बनाउने सिप सिकाउन लागिउको अध्यक्ष लम्सालले बताउनुभयो ।

 

1672407736386
कार्यक्रमको उदघाटन गर्दै जीतपुर सिमरा उपमहानगरालिका वडा नं २ का वडाध्यक्ष एवं कार्यपालिका सदस्य धनबहादुर श्रेष्ठले सहकारीका महिला सदस्यहरुले निर्माण गरेको जुत्ताको वजारीकरण गर्न सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।त्यस्तै कार्यक्रममा तालिमका प्रशिक्षक अमृत रम्तेलले पनि सहभागीहरुलाई तालिममा सिकाइने कुरा राम्रोसँग सिक्न आग्रह गर्दै वजार व्यवस्थापनको चिन्ता नलिन आग्रह गर्नुभयो ।त्यस्तै कार्यक्रममा संस्थाका उपाध्यक्ष एवं तालिम संयोजक मुना खरेलले महिलाहरुलाई स्वरोजगार बनाउन तालिम सञ्चालन गरिएको बताउनुभयो ।
सिमरा महिला सहकारीको आफ्नो वार्षिक कार्यक्रमअन्तरगत सञ्चालन गर्न लागिएको तालिम करिब साढे २ लाखको लागतमा सम्पन्न हुने संस्थाले जनाएको छ । तालिममा जीतपुर सिमरा वडा नं १, २, ३, ४ नं वडाका र वडा नं ९ स्थित छाता पिपराका गरी २०जना सेयर सदस्यहरु सहभागी भएका छन् ।उद्घाटन कार्यक्रममा प्रशिक्षकद्वय शान्तिदेवी झा, अर्मत रम्तेल, सञ्चालक समितिका पदाधिकारीहरु, संस्थाका कर्मचारी तथा सञ्चारकर्मीको समेत उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन संस्थाका सचिव भिमादेवी शर्माले गर्नुभएको थियो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%१%१%१%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु