२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

एकता र मेलमिलापबिना राष्ट्रियतामाथिको संकट छिचोल्न सकिँदैनः डा. पराजुली

२०७९ पौष १६, शनिबार मा प्रकाशित ( साल अघि) ५२१ पाठक संख्या

सिमरा, १६ पुसः एकता र मेलमिलापको अभावमा लोकतन्त्र र राष्ट्रियता माथिको संकटलाई छिचोल्न नसकिने संविधान सभा सदस्य डा . शोभाकर पराजुलीले एक विज्ञप्ति जारी गरी बताउनुभएको छ । जननायक वीपी कोइराला राट्रिय एकता र मेलमिलापको नीति लिएर स्वदेश फर्कनुभएको ४७ औँ वर्षमा प्रवेश गरेको दिनको अवसर पारेर शनिवार उहाँले विज्ञप्ति जारी गरी आफ्नो धारणा व्यक्त गर्नुभएको हो ।
नेपाली काँग्रेस संसदीय दलका पूर्व सचेतक एवं पार्टी केन्द्रीय कार्यालयका पूर्व मुख्य सचिवसमेत रहनुभएका डा. पराजुलीले जनताको भावना र त्यसको प्रतिनिधित्व संसद तथा संविधानले तोकेको संरचनामा काम गर्न समेत नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभएको छ । उहाँले पार्टीभित्र शुद्धीकरणको खाँचो भएको बताउँदै एकता र मेलमिलापकै कारण उपयुक्त निणर्य लिन सकिने पनि धारणा व्यक्त गर्नुभएको छ । हेर्नुहोस् विज्ञप्तिः

Received_488845000045694Received_5722577281192267Received_863435918413919

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
४%१%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु