२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

साना किसान सहकारी डुमरवानाको २६ औँ वार्षिक सभा सम्पन्न, संस्थाका अध्यक्षमा बराल निर्वाचित

२०७९ पौष १६, शनिबार मा प्रकाशित ( साल अघि) २९० पाठक संख्या

सीता अधिकारी
डुमरवाना, १६ पुसः साना किसान कृषि सहकारी संस्था डुमरबाना केन्द्र,बाराको २६ औँ बार्षिक साधारण सभाले प्रदीप सिंह बरालको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको छ । संस्थाको प्रागंणमा शनिबार भएको साधारण सभाले बरालको अध्यक्षतामा १३ सदस्यीय सञ्चालक समितिलाई निर्वाचित गरेको हो ।
कार्य समितिमा डुमरवाना केन्द्रबाट प्रदीप सिंह बराल, पलट चौधरी, रुद्र न्यौपाने, शान्ति तामांग, कतर्वाबाट नवराज श्रेष्ठ, सिमरा केन्द्रबाट संगिता पाण्डे, सुकुमाया वाइवा, शारदा रिजाल, नीजगढ केन्द्रबाट उर्मिला लामा, गीता चौलागाई, लक्ष्मी पुलामी, कोलहवी केन्द्रबाट विष्णुकुमार श्रेष्ठ, विक्रम चौधरी निर्वाचित हुनुभएको हो ।
त्यस्तै लेखा समितिमा शारदा खड्काको संयोजकत्वमा ललिता थापा, कविता काफ्ले निर्वाचित हुनुभएको छ ।

उद्घाटन कार्यक्रम
साना किसान कृषि सहकारी संस्था डुमरवानाको निवर्तमान अध्यक्ष बिश्बनाथ लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल सरकारका मन्त्री ज्वालाकुमारी साहले उद्घाटन गर्नुभएको थियो । ।सो अवसरमा वोल्दै मन्त्री ज्वालाकुमारी साहले मुलुकमै परिचित साना किसानले लक्ष्यित वर्गमा लगानी गरेको र उल्लेखनीय परिणाम निकाल्न सफल भएको बताउनुभयो । उनले सानाकिसान सहकारीले बितीय अनुशासन र सहकारीको प्रभाब बढाएको बारेमा चर्चा गदै प्रशंसा समेत गर्नुभयो ।

राष्ट्रिय तथा अंतराष्ट्रिय पुरस्कारबाट सम्मानित यस संस्थाले नेपालमा पनि पटक पटक उत्कृष्ट घोषित हुदै आएको छ । कार्यक्रममा संस्थाका बिभिन्न विधामा केन्द्, कर्मचारी, बचतकर्तालाई सम्मान गरिएको थियो । यसैगरी सञ्चारकर्मी लक्ष्मी खरेललाई संस्थाले सम्मान गरेको थियो ।

1672500172517

कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिकाका नगरप्रमुख राजन पौडेल,उपप्रमुख भोला प्रसाद अधिकारी , साना किसान लघु वित्त वित्तीय संस्था हेटौँडाका प्रवन्धक कृष्णाकुमारी शर्मा, जीतपुरसिमरा वडा २ का वडाध्यक्ष, धनबहादुर श्रेष्ठ, वडा १४ का वडाध्यक्ष चयन गुरुगं, सिमरा महिला साकोसका कोषाध्यक्ष गीता शर्मा,लगायत संस्थाको सेयर सदस्य, साना किसानमा आबद्ध वचतकर्ताहरुको उपस्थिति रहेको थियो ।

1672500231450

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु