२०८१ माघ २, बुधबार
नयाँ
पछिला अपडेट

बचत सुरक्षाको माग गर्दै साना किसान कृषि सहकारी सिमरा केन्द्रमा तालाबन्दी

२०७९ पौष १७, आईतबार मा प्रकाशित ( साल अघि) ६४२ पाठक संख्या

सीता अधिकारी
सिमरा, १७ पुसः बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं ४ की खोपामाया घाँसको त्यान्द्रो काटेर जम्मा गरेको पैसा हिनामिना भयो भन्दै रोइरहेकी थिइन् ।

1672563407248

साना किसान कृषि सहकारी संस्था डुमरवानाको सिमरा सेवा केन्द्रमा आइतबार उनी मात्र होइन सयौँ सेयर सदस्य महिला आफूले जम्मा गरेको रकम हिनामिना गर्न पाइँदैन भन्दै आन्दोलित बनेका थिए ।
साना किसान कृषि सहकारी डुमरवाना सेवा केन्द्र सिमरा सेवा केन्द्मा महिलाहरुले तालाबन्दी गरे । साना किसान कृषि सहकारी संस्था डुमरवाना केन्द्रले आयोजना गरेको छब्बीसौँ साधारण सभामा प्रतिवेदनमाथि छलफल नगरी सञ्चालकहरुद्वारा संस्थाबाट नियम विपरीत लिइएका सेवा भत्ता, संस्थाको नाममा तिर्नुपर्ने रकमको नोक्सानीको भार साना किसानी सेयर सदस्यमा नपार्न अनुरोध गर्दै तालाबन्दी गरेका हुन् ।

1672559407864
उनीहरुले कर्मचारी पुनवहाली गरेपछि १२ लाख सत्तरी हजार र गत साल समयमा साधारण सभा नगर्दाको हर्जाना एक लाख २ हजार रुपियाँ संस्थाको तर्फबाट तिर्नुपर्ने रकम संस्थाका तर्फबाट जाने भनेपछि सेयर सदस्यहरुले आफ्नो सेयर लाभांश तथा वचत नचलाउन र संवन्धित संचालक समितिबाटै भरपाई तिराउनुपर्ने माग समेत राखेका छन् ।

1672564567683
२०६५ सालदेखि साना किसान संस्थामै आवद्ध भएकी शान्ता सिलवाल आफ्नो लाभांशबाट कटाउन नमिल्ने भन्दै यदि संस्थाले त्यसो गर्छ भने आफू वचत फिर्ता लिने बताउनुहुन्छ । त्यस्तै सिमरा नरवस्तीकी राधा लामिछाने छब्विसौँ साधारण सभामा सेयर सदस्यले पाउनुपर्ने लाभांश ९ दशमलव २ प्रतिशत मात्रै पाउने, सञ्चालक समितिले समयमा काम गर्न नसक्दा संस्थाले हर्जना तिर्नुपर्ने, संस्थाले बर्खास्त गरेको कर्मचारी अदालतबाट मुद्धा जितेर पुनवर्हालीभएपछि उसले पाउने सेवा सुविधा सेयर सदस्यलाई मर्का पर्ने गरी संस्थाले चलाइदिँदा खाई नखाई दुखले गरेको वचतको सुरक्षा हुनुपर्छ भन्ने माग रहेको बताउनुहुन्छ । लामिछाने भन्नुहुन्छ, “यदि वचतको सुरक्षा हुन सक्दैन भने १, ७ र १७ नं अन्तर समूह खारेज हुनेछ ।” वि.सं २०५३ सालमा स्थापना भएको यस संस्थामा ९१प्रतिशत महिला सेयर सदस्य रहेका छन् ।

साना किसान कृषि सहकारी संस्थ डुमरवानाका नव निर्वाचित अध्यक्ष प्रदपि सिंह बरालले सेयर सदस्यको सेयर लाभांश र वचतबाट संस्थाले तिनुपर्ने रकम नचलाउने बताउनुभयो ।

1672564791598

उहाँले भन्नुभयो, “संस्थाले केही रकम भुक्तानी गर्नुपछ तर सेयर सदस्यको वचत र लाभांश कुनै पनि चलाइँदैन ।” अध्यक्ष बरालले संस्थाको जगेडा कोष, कर्मचारी सेवा कोषबाट लगायतका शीर्षकबाट नै रकम भुक्तान गरिने जिकिर गर्नुभयो ।
तालाबन्दीका सन्दर्भमा अध्यक्ष बरालले आफू भखरै निर्वाचित भएको सोमबार सपथ लिएर सञ्चालक समितिको बैठक वसेर छलफल गरी टुंगो लगाउने बताउनुभयो ।

 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%३%२%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु