२०८२ जेष्ठ २६, आईतबार
नयाँ
पछिला अपडेट

साना किसान कृषि सहकारी संस्थामा लगाइएको ताला खुल्यो, कामकाज सञ्चालनमा

२०७९ पौष १९, मंगलबार मा प्रकाशित ( साल अघि) ४१५ पाठक संख्या

सीता अधिकारी
सिमरा, १९ पुसः साना किसान कृषि सहकारी संस्था सिमरामा लगाइएको ताला खोलिएको छ । साना किसान कृषि सहकारी संस्था सिमरा शाखामा जीतपुरसिमरा उपमहानगरपालिका वडा नं २ का वडाध्यक्ष धनबहादुर श्रेष्ठको रोहबरमा संस्थामा लागेको ताला मंगलबार खोलिएको हो ।

1672735987895
संस्थामा ताला लाग्दा सेयर सदस्यहरुलाई नै समस्या भोग्नुपरेको अवस्थालाई मध्यनजर गर्दै ताला खोलेको साना किसान कृषि सहकारी संस्थामा आवद्ध महिला सदस्यहरुले बताए । ताला खुलेपछि संस्थाको काम काज सञ्चालनमा आएको छ । महिलाहरुले डुमरवाना संस्थामा लगाएको ताला पनि खुलाएका छन् ।

साना किसान कृषि सहकारी संस्था डुमरवाना केन्द्रले आयोजना गरेको छब्बीसौँ साधारण सभामा प्रतिवेदनमाथि छलफल नगरी सञ्चालकहरुद्वारा संस्थाबाट नियम विपरीत लिइएका सेवा भत्ता, संस्थाको नाममा तिर्नुपर्ने रकमको नोक्सानीको भार साना किसानी सेयर सदस्यमा नपार्न अनुरोध गर्दै महिलाहरुले आइतबार संस्थामा तालाबन्दी गरेका थिए

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु