२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

छुट्टाछुट्टै सवारी दुर्घटनामा उपमहानगरका सुइपर र टाँगियाबस्तीका तरकारी व्यवसायीको मृत्यु, दुईजना घाइते

२०७९ पौष २१, बिहिबार मा प्रकाशित ( साल अघि) ३६९ पाठक संख्या

सिमरा, २१ पुसः बारामा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा उपमहानगरका सुइपर र टाँगियाबस्तीका तरकारी व्यापारीको मृत्यु भएको छ । दुर्घटनामा दुईजना घाइते भएका छन् ।
नीजगढबाट पथलैयातर्फ आउदै गरेको ग२च ४४१३ नम्बरको स्कारपियोले प्रदेश २–०३ ००२प ४५८७ नम्बरको मोटरसाईकल र साइकललाई एकै ठाँउमा ठक्कर दिदा टांगियाबस्तीका ४५ वर्षीय राजेन्द्र माझीको घटनास्थलमै मृत्यु भएको हो । स्कारपियोले एउटै दिशाबाट गुडिरहेको मोटरसाइकल र साइकललाई पछाडीबाट ठक्कर दिएको थियो ।
दुर्घटनामा २८ वर्षीया सोनिया योञ्जन र रुपा आलेमगर घाईते भएका छन् । घाईतेलाई सिमरास्थित अल्पाईन अस्पतालबाट थप उपचारका लागि चितवन लगिएको छ ।
मोटरसाइकल र साइकलमा तरकारी राखेर निस्किएका उनीहरुलाई बिहानको समयमा तीब्र गतिमा आएको स्कोरपियोले पसाहा पुलदेखि पूर्वतर्फ ठक्कर दिएको इलाका प्रहरी कार्यालय नीजगढले जनाएको छ । उनीहरु टांगियाबस्तीबाट तरकारी बेच्नका लागि निस्किएका थिए । स्कारपियोका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यस्तै बाराको जीतपुरसिमरा २ स्थित जगदम्बा स्टील्स्अगाडि बुधवार राती भएको दुर्घटनामा जीतपुरसिमरामा उपमहानगरपालिकामा सुइपरमा काम गर्ने एक जनाको मृत्यु भएको छ ।वीरगन्जबाट पथलैयातर्फ जाँदै गरेको ना७ख ४२३७ नम्बरको लहरी ट्रकले विपरित दिशाबाट आईरहेको ना२०प ७१६४ मोटरसाईकललाई ठक्कर दिँदा घाइते भएका नगरका सुइपर जीतपुर सिमरा १ पथलैया निवासी मनोज मल्लिकको अस्पताल लैजाने क्रमममा मृत्यु भएको हो । उनको शव वीरगन्जस्थित नारायणी अस्पतालमा राखिएको छ ।
ठक्कर दिने गाडी र चालक बाराको परवानीपुर गाउँपालिका–३, लिपनी बस्ने वर्ष ३५का सर्फु आलमलाई प्रहरीले नियन्त्रणमा लिएको बाराका प्रहरी प्रवक्ता राजेश थापाले जानकारी दिनुभयो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु