२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

मधेश प्रदेशका मुख्यमन्त्रीमा बाराका सरोजकुमार यादव नियुक्त

२०७९ पौष २७, बुधबार मा प्रकाशित ( साल अघि) ३६५ पाठक संख्या

सीता अधिकारी
सिमरा, २७ पुसः मधेश प्रदेशका मुख्यमन्त्रीमा बाराका सरोजकुमार यादव नियुक्त हुनुभएको छ । जनता समाजवादी पार्टीबाट संसदीय दलको नेतामा चयन हुनुभएका यादव आज मुख्य मन्त्रीमा नियुक्त हुनुभएको हो ।

1673451474251

वि. सं २०७९ मंसिर ४ को निर्वाचनमा जसपाबाट बारा–१(२) बाट प्रदेश सभा सदस्यमा यादव निर्वाचित हुनुभएको थियो ।
०७४ सालमा तत्कालिन राष्ट्रिय जनता पार्टी नेपालबाट बारा–१(२) मा प्रदेश सभा सदस्य निर्वाचित हुनु भएका उहाँ मधेश प्रदेशको सभामुख बन्नुभएको थियो ।मधेश प्रदेशसभामा १०७ सदस्य छन् । सरकार गठनका लागि ५४ सांसदको समर्थन भए पुग्छ, तर बुधबार मुख्यमन्त्री निर्वाचित हुनु भएका सरोजलाई ६३ सांसदले समर्थन गरेका छन् ।

मुख्यमन्त्री यादवको राजनीतिक यात्रा

वि. सं २०२८ साल माघ १७ गते बाराको तत्कालिन हरिहरपुर गाविस वडा न.७ मा जन्मिनु भएका यादवले सिम्रौनगढको कंकाली माविबाट एसएलसी गर्नुभयो । भारत बिहारको सीतामढीस्थित लक्ष्मी किशोरी महाविद्यालयबाट आइएस्सी गर्नुभएका उहाँले बिएसस्सीसम्मको अध्ययन गर्नुभएको छ ।
बुवाको राजनीतिलाई नजिकैबाट नियाल्नुभएका उहाँ ०५० सालदेखि राजनीतिमा लाग्नुभएको हो । २०२२ सालमै हरिहरपुर गाउँ पञ्चायतको प्रधानपञ्च बन्नुभएकाका बुवा परमानन्द यादव ०५१ सालदेखि संसदीय राजनीतितिर लाग्नुभएको थियो । त्यसपछि सरोजले पनि जनताको माझमा जाने मौका पाउनुभएको हो । उहाँ ०५४ सालमा तत्कालिन हरिहरपुर गाविसको अध्यक्षमा निर्वाचित पनि हुनुभएको थियो ।

०६४ सालको संविधानसभा निर्वाचनमा उहाँ बारा–१ बाट तत्कालिन सद्भावना पार्टीबाट निर्वाचित हुनुभयो । ०६६ सालमा माधव नेपाल नेतृत्वको सरकारमा वाणिज्य तथा आपूर्ति राज्यमन्त्री र ०६८ मा डा. बाबुराम भट्टराई नेतृत्वको सरकारमा स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीसमेत बन्नुभएको थियो । उहाँ ०६९ सालमा सद्भावना पार्टीको महासचिव र ०७३ मा उपाध्यक्ष हुनुभएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु