२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

सिमरा महिला साकोसद्वारा सञ्चालित मखमलको जुत्ता बनाउने तालिमको समापन

२०७९ पौष २९, शुक्रबार मा प्रकाशित ( साल अघि) ४०३ पाठक संख्या

सीता अधिकारी
सिमरा, २९ पुसः बारा जिल्लाको उत्कृष्ट सहकारी सिमरा महिला वचत तथा ऋण सहकारी संस्थाले आफ्ना सदस्यहरुलाई स्वरोजगार बनाउन सञ्चालन गरेको १५दिने मखमलको जुत्ता बनाउने तालिम समापन गरेको छ । संस्थाले आफ्ना सेयर सदस्यहरुलाई आत्मनिर्भर बनाउन संस्थाको आफ्नै लगानीमा सञ्चालन गरेको उक्त तालिमको शुक्रबार समापन गरेको हो ।
संस्थाका अध्यक्ष अनिता लम्सालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पूर्णकला पाध्यको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिकाका पूर्व उपप्रमुख सरस्वतीदेवी चौधरी, जनकल्याण साकोसका अध्यक्ष कमला घिमिरे, घण्टीमाइ साकोसका अध्यक्ष कोपिला सिंखडा, प्रशिक्षक अमृत रम्तेल र सहभागी कल्पना नेपालले कार्यक्रम तथा तालिमको प्रभावकारिताबारे आफ्नो धारणा राख्नुभएको थियो ।
कार्यक्रममा कार्यपालिकाका पूर्व सदस्य शुभद्रा न्यौपाने, संस्थाका लेखा समिति संयोजक सरस्वती गौतम, प्रशिक्षक शान्ति देवी झा, संस्थाका पदाधिकारी लगायतको उपस्थिति रहेको थियो । संस्थाका उपाध्यक्ष मुना खरेलले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सञ्चालन सचिव भिमादेवी शर्माले गर्नुभएको थियो ।
सिमरा महिला सहकारीको आफ्नो वार्षिक कार्यक्रमअन्तरगत सञ्चालन गरिएको तालिम करिब साढे २ लाखको लागतमा सम्पन्न भएको संस्थाले जनाएको छ । तालिममा जीतपुर सिमरा वडा नं १, २, ३, ४ नं वडाका र वडा नं ९ स्थित छाता पिपराका गरी २०जना सेयर सदस्यहरु सहभागी भएका थिए ।

1673618583477

विभिन्न समयमा नयाँ नयाँ तालिम सञ्चालन गरी सेयर सदस्यहरुलाई स्वरोजगार बनाउँदै आएको संस्थाले यस पटक पनि यस क्षेत्रमा नयाँ किसिमको सीप तथा तालिम सञ्चालन गरेको सस्थाका अध्यक्ष अनिता लम्सालले जानकारी दिनुभयो ।उहाँले संस्थाको वार्षिक कार्यक्रमअन्तरगत यसअघि विभिन्न समयमा महिलाहरुलाई सशक्तिकरण गर्न व्यवसायिक च्याउखेती, क्रिस्टलको गहना बनाउने तालिम लगायतका कार्यक्रम सञ्चालन गरिसकेको बताउनुभयो । यो चोटी मखमलको जुत्ता बनाउने सिप सिकाइएको अध्यक्ष लम्सालले बताउनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु