२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

स्वरोजगार लघुवित्तले सिकायो उचिडीमा अचार बनाउने सिप

२०७९ पौष २९, शुक्रबार मा प्रकाशित ( साल अघि) ६१३ पाठक संख्या

सीता अधिकारी
उचिडी, २९ पुसः बाराको मनहर्वास्थित उचिडीमा सञ्चालित दुई दिने अचार बनाउने तालिम सम्पन्न भएको छ । स्वरोजगार लघुवित्त वित्तीय संस्थाको आयोजनामा सञ्चालित तालिम शुक्रबार सम्पन्न भएको हो ।
तालिममा वित्तीय संस्थाका विभिन्न केन्द्रमा अवद्ध २ सय जना सदस्यहरुको सहभागिता रहेको थियो । प्रशिक्षक दुर्गा थापा कार्कीले अचार बनाउने व्यवसायिक तालिम दिनुभएको थियो । केराउ, काउली, खुर्सानी, अदुवा, लसुन, गाँजर मुला लगायतका सामग्रीबाट अचार बनाउने तालिम सहभागीहरुलाई प्रदान गरिएको थियो ।

Received_1138098060404964

सदस्यहरुलाई व्यावसायिक बनाउन संस्थाको १ लाख ५० हजारको लागतमा तालिम सञ्चालन गरेको संस्थाले जनाएको छ ।
तालिम समापन कार्यक्रममा स्वरोजगार लघुवित्त वित्तीय संस्थाका प्रदेश प्रमुख मधुशुदन पन्तले सहभागीहरुलाई तालिमको प्रमाणपत्र प्रदान गर्नुभएको थियो । उहाँले तीन जिल्लालबाट सुरु गरेको लघुवित्त कार्यक्रम हाल ९१ वटा शाखामा १ लाख २० हजार जना सदस्य आवद्ध भएको बताउनुभयो ।

 

1673620773406
कार्यक्रममा स्वरोजगार लघुवित्त वित्तीय संस्था मनहर्वा शाखाको शाखा प्रबन्धक अस्मिता कुमारी गौतमले संस्थाले कर्जा मात्र प्रवाह नगरी सदस्यहरुलाई आर्थिक सशक्तीकरणका लागि प्रेरित गर्ने, स्वरोजगार तथा आत्मनिर्भर बन्न सघाउ पुर्याउने, व्यवसायिक सीपकै माध्यमबाट कर्जा तिर्न समेत सक्षम बनाउने उद्देश्यले तालिमको आयोजना गरिएको जानकारी दिनुभयो ।
उहाँले अचार बनाउने तालिम मात्र नभएर संस्थाका तर्फबाट एक सय ४८ किसिमका तालिम दिने गरेको जिकिर गर्नुभयो । यसै महिना मात्र पनि नयाँ वस्ती सम्पर्क कार्यालय अन्तरगत एक सय एक महिला लाई तालिम दिइसकिएको जानकारी दिनुभयो । प्रबन्धक गौतमले महिला दिदी बहिनीको सिप तथा व्यवसायलाई प्रोत्साहन गर्नका लागि संस्थाका तर्फबाट बजारीकरणका कार्यमा समेत सघाउ पुर्याउन सक्ने धारणा राख्नुभयो ।
ग्रामीण भेगका महिलाहरुको आर्थिक सशक्तीकरणका लागि नै स्वरोजगार लघुवित्त वित्तीय संस्था स्थापना भएको, कमर्सियल बैँकहरु नपुगेको ठाउँ, दुर्गम तथा ग्रामिण भेगहरुमा वचत गर्ने वानीको विकास गराउन र सशक्तीकरण गराउनका लागि स्थापना भएको बताइएको थियो ।
वि. सं २०७३मा स्थापना भएको मनहर्वा शाखा अन्तरगतका ३ हजार सदस्यमध्ये केही सिमरा, कलैया, नीजगढ आदिमा सरुवा भएपनि मनहर्वा शाखामै सक्रिय वचतकर्ता १ हजार ८ सय सदस्य रहेका छन् ।करैयामाइ गाउँपालिका, कोल्हवी नगरपालिका, नीजगढ नगरपालिका, कलैया उपमहानगरपालिका र जीतपुरसिमरा उपमहानगरपालिकामा अहिले संस्थाले काम गरिरहेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
४%४%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु