२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

सिमरा सेजमा पहिलो उद्योगको शिलान्यास, करिब २ सय करोडको लागतमा निर्माण गरिँदै

२०७९ माघ १३, शुक्रबार मा प्रकाशित ( साल अघि) ६८७ पाठक संख्या

राजमणि बराल
सिमरा, १३ माघः विशेष आर्थिक क्षेत्र प्राधिकरण सिमरा ‘सेज’ मा करिब २ सय करोडको लगानीमा उद्योग स्थापना हुने भएको छ । उद्योग भवन स्थापनाका लागि शुक्रबार उद्योग भवनको शिलान्यास गरिएको छ ।
८ सय ३३ बिगाहा क्षेत्रफल रहेको सिमरा सेजको ‘ए ब्लक’ मा उद्योग भवन स्थापना गरिन लागिएको हो । सेजका कार्यकारी प्रमुख डा.चण्डिका भट्टले उद्योग भवनको शिलान्यास गर्दै विशेष आर्थिक क्षेत्र ‘सेज’ मा ए ब्लक’ को ६८ वटा प्लट उद्योगीहरुले भाडामा लिइसकेको बताउनुभयो ।

सेजले उद्योगका लागि प्रतिप्लट एक देखि डेढ बिगाहा क्षेत्रफलको हुने गरी जग्गाको संरचना तयार गरेको छ ।
कार्यकारी प्रमुख भट्टका अनुसार पहिलो वर्ष ५० प्रतिशत भाडा छुट दिने भन्ने ऐन संशोधन गरेर उद्योग स्थापनाको पहिलो वर्ष ७५ प्रतिशत भाडा छुट दिने, दोस्रो वर्ष ५० प्रतिशत भाडा छुट दिने, तेस्रो वर्ष २५ प्रतिशत मात्र छुट दिने र चौथो वर्षमात्र पूर्ण रुपमा भाडा लिने व्यवस्था गरिएको छ ।
सेजमा पहिलो उद्योगका रुपमा उद्योगी तुलसी गुप्ताले टायल्स तथा मार्वल्सको उद्योग स्थापना गर्न लागेको बताउनुभयो । उहाँले भारतीय कम्पनी अशोक , आकृति नामका टायल्स तथा मार्वल उद्योगकै सहयोगमा आफूहरुले सिमरा सेजमा उद्योग स्थापना तथा सञ्चालन गर्न लागेको जानकारी दिनुभयो ।

उहाँका अनुसार डेढदेखि २ सय करोडसम्मको लगानीमा उद्योग स्थापना गर्न लागिएको हो ।
हाल सिमरा सेजमा हर्वल प्रोसेसिङ्ग उद्योग, कृषिमा आधारित उद्योग, सिमेन्ट कम्पनीका बोर्डहरु बनाउने, औषधि उद्योगलाई आवश्यक पर्ने उपकरण बनाउने र ठुलो संख्यामा गार्मेट उद्योग आएको सेजले जनाएको छ ।
निजी उद्योगलाई आकर्षण गर्न पछिल्लो समय सेजले जग्गाको भाडादर ५० प्रतिशतले घटाएर प्रतिमहिना प्रतिवर्गमिटर १० रुपैयाँ बनाएको छ भने उत्पादनको पहिलो वर्षमै ६० प्रतिशत निर्यात गनुपर्ने बाध्यात्मक व्यवस्थालाई हटाएर सुरुको २ वर्ष निर्यात गर्नु नपर्ने र तेस्रो वर्ष २० प्रतिशत, चौथो वर्ष ४० र पाँचौ वर्षदेखि कुल उत्पादनको ६० प्रतिशत भारत र चीनसहित तेस्रो मुलुकमा निर्यात गर्नुपर्ने व्यवस्था लागू गरेको छ ।
सेजले ‘ए ब्लक’ को ३४३ बिगाहामध्ये १६० बिगाहामा उद्योग सञ्चालनका लागि आवश्यक प्रशासनिक भवन, बैंक, बिमा, हुलाक, भन्सार, क्यान्टिन, आन्तरिक सडक पूर्वाधार, ढल, खानेपानी र विद्युतीकरण लगायतका संरचना निर्माण भइसकेको जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%२%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु