२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

महिला र किसान कै हक हितमा काम गर्ने कृषि मन्त्री साहको प्रतिबद्धता

२०७९ माघ १४, शनिबार मा प्रकाशित ( साल अघि) ३३६ पाठक संख्या

सीता अधिकारी
सिमरा, १४ माघः कृषि तथा पशुपंक्षी विकास मन्त्री ज्वालाकुमारी साहले वर्तमान सरकारले किसानको हितमा काम गर्ने बताउनुभएको छ । मन्त्री साहले आफू पनि महिला र किसान कै हक हितमा काम गर्ने प्रतिबद्दता समेत व्यक्त गर्नुभयो ।

अखिल नेपाल महिला संघ जीतपुरसिमरा नगर कमिटीले शनिवार बारा डुमरवनास्थित रजघट्टामा आयोजना गरेको सम्मान कार्यक्रममा बोल्दै मन्त्री साहले जनतालाई सरकारको अनुभूति गराउन सके मात्रै सफलता प्राप्त हुने बताउनुभयो । आफूहरु अहिले कुरालाई भन्दा कामलाई प्राथमिकतामा राखेर अघि बढिरहेको उहाँको भनाई थियो ।
कार्यक्रममा प्रदेशसभा सदस्य देवनारायण चौधरी, रवीन्द्रदास श्रेष्ठ, मञ्जु थापामगर, एमाले केन्द्रीय सदस्य सरस्वतीदेवी चौधरी, जीतपुरसिमरा उमपहानगरपालिकाका नगर उपप्रमुख भोलाप्रसाद अधिकारी, एमाले जिल्ला कमिटी सदस्य तारा कार्की, कमला घिमिरे, बरुण गौतमलगायतले मन्तब्य राख्नुभएको थियो ।

कार्यक्रममा अनेमसंघले एमालेबाट निर्वाचित जनप्रतिनिधिलाई सम्मान गरेको थियो । सम्मानित हुनेमा मन्त्री साह, बारा क्षेत्र नं. १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य अच्युत मैनाली, सबै प्रदेशसभा सदस्य, जीतपुरसिमरा उपमहानगरपालिकामा निर्वाचित उपप्रमुख, वडाध्यक्षसहित सम्पूर्ण जनप्रतिनिधि रहेका छन् ।

अनेमसंघ नगर कमिटीकी अध्यक्ष अनिता लम्साल अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगर कमिटी सचिव मुना अधिकारीले स्वागत मन्तब्य राख्नुभएको थियो

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु