२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

नेपाल शिक्षक सँघ जीतपुरसिमरा नगर समितिको दोस्रो अधिवेशन सम्पन्न

२०७९ माघ १४, शनिबार मा प्रकाशित ( साल अघि) ४८२ पाठक संख्या

 

सिमरा, १४ माघः
नेपाल शिक्षक सँघ जीतपुरसिमरा उपमहानगरपालिका नगर समितिको दोस्रो अधिवेशन सम्पन्न भएको छ । अबिधेशनले जयप्रकाश रायको अध्यक्षतामा कार्यसमिति सर्वसम्मत रुपमा चयन समेत गरेको छ ।
कार्यसमितिको खुला उपाध्यक्षमा मनोजकुमार पोखरेल, महिला उपाध्यक्षमा गुड्डी शर्मा, सचिव सीता अधिकारी, अर्थ सचिव पंकज शर्मा, सहसचिव महिलामा गोमा दाहाल, सहसचिव अर्थ लक्ष्मण कुशवाहा, समावेशी सहसचिवमा राजेश राम चयन हुनुभएको थियो । त्यसैगरी सदस्यहरुमा जयादेवी पौडेल, धर्मेन्द्र चौधरी र किशोरीलाल बछार रहनुभएको छ ।

औपचारिक कार्यक्रम
नगर शिक्षक सँघका अध्यक्ष राजमणि बरालको अध्यक्षतामा भएको कार्यक्रममा संविधान सभा सदस्य डा. शोभाकर पराजुलीको प्रमुख आतिथ्यता रहेको थियो ।

1674995437436

कार्यक्रममा समाजसेवी कृष्णव्रत सिंह, नेपाली काँग्रेसका नगरसभापति छविलाल शर्मा, नेपाल शिक्षक सँघका जिल्ला अध्यक्ष परमहंश यादव, सचिव राजकिशोर सहनी, नेपाल शिक्षक संघका पूर्व उपाध्यक्ष सुरेश सिंह, जीतपुरसिमरा नगर शिक्षा समितिका सदस्य एवं नेरा नमुना मावि सिमराका प्रधानाध्यापक शंकरकुमार आचार्य, निर्वाचन समितिका संयोजक पवन यादव, बालबालिका आधारभूत विद्यालयका प्रधानाध्यापक नर्मदा दाहालले शुभकामना व्यक्त गर्नुभएको थियो ।

सम्मान तथा कदर पत्र
शिक्षा तथा सामाजिक क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्ने जीतपुरसिमरा निवासी कृष्णब्रत सिंहलाई सम्मान पत्र प्रदान गरिएको छ । त्यसैगरी नगरमा रहेर शिक्षाको गुणस्तरीयता साथै संगठन सुदृढीकरणका लागि पुर्याएको योगदानको कदर गर्दै नगर भित्रका विभिन्न विद्यालयका प्रधानाध्यापकहरुलाई कदरपत्र प्रदान गरिएको छ  ।

16749954818431674995473519

1674995465426

निजगढमा घिमिरेको नेतृत्वमा समिति चयन

नेपाल शिक्षक संघ निजगढ नगर कमिटीको अधिवेशनले मुरारी घिमिरेको अध्यक्षतामा कार्यसमिति चयन गरेको छ । मितिको उपाध्यक्ष (महिला) मा उमरकुमारी श्रेष्ठ, उपाध्यक्षमा दिनेश गुरो, सचिवमा उपेन्द्र केशरी, शम्भुप्रसाद दाहाल, सहसचिव पवित्रा काफ्े, पितामाया पराजुली, सविता कटुवाल, प्रमिला जसेली र जीवन पाख्रीन रहेका छन् ।यसैगरी सदस्यमा रामकुमार गुरो, विन्दा गिरी र सन्तकुमारी माझी रहेका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु