२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

दोस्रो डुमरवाना कप फूटबल प्रतियोगिताको उपाधी वीरगन्ज युनाइटेड क्लबको पोल्टामा

२०७९ माघ १४, शनिबार मा प्रकाशित ( साल अघि) ४०८ पाठक संख्या

सिमरा, १४ माघः वीरगन्ज युनाइटेड क्लबले दोस्रो डुमरवाना कप फूटबल प्रतियोगिताको उपाधी जितेको छ । शनिवार सम्पन्न फाइनल खेलमा एपीएफ क्लब महोत्तरीलाई १–० ले पछि पार्दै वीरगन्जले जीत हासिल गरेको हो ।
वीरगन्जलाई उपाधी दिलाउने क्रममा अमर डंगोलले निर्णायक गोल गरे । प्रतिस्पर्धात्मक खेलको पहिलो हाफमा डंगोलले गरेको गोल नै निर्णायक बन्न पुग्यो ।उपाधी विजेता वीरगन्जले एक लाख र उपविजेता एपीएफले ५० हजार नगद प्राप्त गरेका छन् । विजेता र उपविजेता टिम तथा खेलाडीलाई जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेलले पुरस्कार वितरण गर्नुभएको थियो ।

जनमुखी चारपाते युवा क्लबको आयोजनामा भएको खेलमा १२ टिमको सहभागिता रहेको थियो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु