२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

बाराको मुटु सिमरामा रहेको प्राथमिक स्वास्थ्य केन्द्र अस्पतालमा परिणत, २४सै घण्टा सेवा दिने

२०७९ माघ २५, बुधबार मा प्रकाशित ( साल अघि) ८१० पाठक संख्या

सीता अधिकारी
बारा जिल्लाको मुटु मानिने सिमरामा आजदेखि प्राथमिक स्वास्थ्य केन्द्रले अस्पतालको रुपमा सेवा विस्तार गरेको छ । जीतपुरसिमरा उपमहानगरपालिकाको वडा न २ सिमरामा रहेको प्राथमिक स्वास्थ्य केन्द्रलाई बुधबारदेखि जीतपुरसिमरा अस्पतालमा परिणत गरि सेवा विस्तार गरिएको हो ।
जनताले सेवा पाएको अनुभूत हुने गरी काम गर्ने गरी अस्पतालमा परिणत गरी २४सै घण्टा सेवा सञ्चालन गर्ने, आजदेखि गरेको र अस्पतालका लागि चाहिने प्राविधिक जनशक्ति अहिले पुरा भएकोले २४ सै घण्टा प्रसुति सेवा दिने र २४ सै घण्टा आकस्मिक सेवा उपलब्ध गराउने जीतपुरसिमरा उपमहानगरपालिकाका स्वास्थ्य प्रवर्द्धन शाखा प्रमुख रवि भाष्करले जानकारी दिनुभयो ।त्यस्तै १० देखि ५ बजेसम्म अस्पतालले बहिरंग सेवा उपलब्ध गराउने पनि स्वास्थ्य शाखा प्रमुख भास्करले बताउनुभयो ।

1675868608352 (1)

यसैवीच नगरप्रमुख राजन पौडेलले आफ्नो यो वर्षको पहिलो प्राथमिकतामा उपमहानगरमा एउटा अस्पताल स्थापना गरी सेवा दिने उद्देश्य रहेको र लगभग त्यो पूरा भईसकेको बताउनु भयो। उहाँले संघीय सरकारको सशर्त अनुदानबाट अस्पतालको नयाँ भवन निर्माणको क्रममा रहेकोले अब भवन निर्माणको काम पनि चाँडो सम्पन्न गर्ने उद्देश्यले उपमहानगरपालिका लागेको पनि बताउनुभयो ।

1675866704097
उहाँले यो आर्थिक वर्षमा आइसीयू बेड स्थापना गर्ने, हेमोडाइलासिस मेसिन प्रयोगमा ल्याउने, स्वास्थ्य बिमा कार्यक्रमलाई निरन्तरता दिई प्रभावकारितामा ध्यान दिने, अस्पतालमा फार्मेसी स्थापना गर्ने योजना रहेको बताउनुभयो ।

भवन निर्माण कार्य सम्पन्न नभएको कारण अहिले १५ शैयासम्मको सेवा उपलब्ध गराउन कठिनाई रहेकोले आकस्मिक कक्षमा ३ वटा बेड, अन्तरंग विभागमा ४ वटा वेड र प्रसुति सेवा दिन ५ वटा शैया निर्माण गरी सेवा उपलब्ध गराउने स्वास्थ्य शाखा प्रमुख भास्करले जानकारी दिनुभयो ।

1675866564630

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष एवं वडा नं २ का वडाध्यक्ष धनबहादुर श्रेष्ठको सभाध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा वडा नं १५ नम्बरका वडाध्यक्ष रामप्रसाद लामिछाने, इलाका प्रहरी कार्यालय सिमराका प्रतिनिधि कलमबहादुर शाही, नेकपा मााओवादीका क्षेत्रबहादुर श्रेष्ठ अनिल, नेकपा एमालेका मनोज पौडेल, नेपाली काँग्रेसका नगरसभापति छविलाल शर्मा, एकीकृत समाजवादकिा कृष्ण खनाल, लोकतान्त्रिक समाजवादी पार्टीका गणेशजी साह, सूर्य नेपाल प्रालिका यज्ञबहादुर आले, होटल व्यवसायी सँघ बाराका अध्यक्ष अर्जुन लम्साललगात जनप्रतिनिधि, सर्वसाधारणको उपस्थिति रहेको थियो ।

1675866636255

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
३%१%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु