२०८२ अषाढ १७, मंगलबार
नयाँ
पछिला अपडेट

सिमरा महिला साकोसले स्तन तथा पाठेघरको स्वास्थ्य परीक्षण शिविर सञ्चालन गर्ने, शिविरको पूर्व सन्ध्यामा परामर्श एवं सचेतना कार्यक्रमको आयोजना

२०७९ माघ २६, बिहिबार मा प्रकाशित ( साल अघि) ८२२ पाठक संख्या

 

सीता अधिकारी
सिमरा, २६ माघः सिमरा महिला वचत तथा ऋण सहकारी संस्थाले स्तन तथा पाठेघरको परीक्षण प्याप टेष्टसहितको दुई दिने स्वास्थ्य परीक्षण शिविर सञ्चालन गर्न लागेको छ । माघ २७ र २८ गते अर्थात शुक्रबार र शनिबार संस्थाले स्वास्थ्य शिविर आयोजना गर्न लागेको हो ।

1675866936183
नेशनल क्यान्सर केयर हस्पिटल जावलाखेल काठमाडौँका स्त्रीरोग विशेषज्ञ डाक्टहरुद्वारा महिलाहरुको स्तन तथा पाठेघरको स्वास्थ्य परीक्षण गरिने सिमरा महिला बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष अनिता लम्सालले जानकारी दिनुभयो ।

शिविरको पूर्व सन्ध्यामा परामर्श एवं सचेतना कार्यक्रम
शिविरको पूर्व सन्ध्यामा सहकारी संस्थाले आफ्नो कार्य क्षेत्र भित्रका महिलाहरुमा जनचेतना जगाउनका लागि स्वास्थ्यसम्बन्धी परामर्श तथा चेतना कार्यक्रमको पनि आयोजना गरेको छ । संस्थाका कोषाध्यक्ष गीता शर्माका अनुसार संस्थाले बिहीबार जीतपुर सिमरा उपमहानगरपालिकाको छातापिपरा, नगोल लगायतका स्थानमा चेतनामूलक कायृक्रम आयोजना गरेको छ । त्यस्त गरी बुधबार संस्थाले आफ्रनै कार्यालय परिषर तथा डुमरवाना रजघट्टामा पनि सचेतना कार्यक्रम आयाजना गरेको थियो ।

1675866883133

स्त्रीरोग क्यान्सर विशेषज्ञ डा. सौजन्य कर्मचार्यले महिलाहरुको स्वस्थ्यसम्बन्धी परामर्श एवं सचेतना कार्यक्रमको बारेमा जनाकारी दिनुभएको संस्थाका सचिव भिमादेवी शर्माले बताउनुभयो ।

1675932277104

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%१%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु