२०८१ कार्तिक ६, मंगलबार
नयाँ
पछिला अपडेट

बारामा उत्कृष्ट कार्य गर्दै आएको सिमरा महिला साकोसद्वारा सञ्चालित स्तन तथा पाठेघरसम्बन्धी शिविरमा ३ सयजनाको स्वास्थ्य परीक्षण

२०७९ माघ २८, शनिबार मा प्रकाशित ( साल अघि) ६२७ पाठक संख्या

सीता अधिकारी
सिमरा, २८ माघः बारामा उत्कृष्ट कार्य गर्दै आएको सहकारी सिमरा महिला बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा शुक्रबारदेखि सञ्चालित दुई दिने स्तन तथा पाठेघरसम्बन्धी स्वास्थ्य परीक्षण तथा परामर्श शिविर सम्पन्न भएको छ । बाराको जीतपुरसिमरा २ स्थित सहकारी संस्थाको कार्यालयमा सञ्चालित शिविरबाट ३ सय जनाले स्वास्थ्य परीक्षण गराएका थिए स्त्री रोग विशेषज्ञ डा. सौजन्य कर्माचार्यको नेतृत्वमा नेशनल हस्पिटल एण्ड क्यान्सर रिसर्च सेन्टर जावलाखेलबाट आएको चिकित्सकको टोलीले महिलाको स्वास्थ्य परीक्षण गरेको हो ।

1676038732241

शिविरमा परीक्षण गरिएकामध्ये केही महिलामा पाठेघरमा समस्या देखिएको र आवश्यक उपचारका लागि परामर्श दिइएको संस्थाकी अध्यक्ष अनिता लम्साल अधिकारीले जानकारी दिनुभयो । शिविरमा चिकित्सकले महिलाको स्तन तथा पाठेघरको मुखमा समस्या रहे नरहेको परीक्षण गर्नुका साथै समस्या देखिएका महिलालाई आवश्यक उपचारका लागि परामर्श र सुझाव दिएको सचिव भिमादेवी शर्माले जानकारी दिनुभयो । शिविरमा परीक्षण गर्नका लागि सेयर सदस्यलाई  दुई सय ५० र  अन्यलाई तीन सय शुल्क राखिएको थियो ।

२ जनामा रिंग प्रेसरी
परीक्षणमा आएका मध्ये आँग खस्ने समस्याबाट प्रभावित २ जना महिलाको रिंग प्रेसरीबाट उपचारसमेत गरिएको थियो ।

वडाध्यक्ष अन्सारीबाट सहयोग
जीतपुर सिमरा उपमहानगरपालिका वडा नं ६ का वडाध्यक्ष कैमुदिन अन्सारीले आफ्रनो वडाका महिलाहरुलाई स्वास्थ्य परीक्षणका लागि सहयोग गर्नुभएको छ ।
स्तन तथा पाठेघरसम्बन्धी स्वास्थ्य परीक्षण तथा परामर्श शिविरमा परीक्षण गर्न आएका वडाका ५० जना महिलाहरुको स्वास्थ्य परीक्षण गरेबापतको रकम वडाका तर्फबाट वडाध्यक्ष अन्सारीले सहयोग गर्नुभएको सिमरा महिला साकोस कोषाध्यक्ष गीता शर्माले जानकारी दिनुभयो ।

कार्यक्रमको उद्घाटन

1676038697470
यसअघि शिविरको उद्घाटन मधेस प्रदेशसभा सदस्य देवनारायण चौधरीले गर्नुभएकोथियो । संस्थाकी अध्यक्ष अनिता लम्साल अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मधेस प्रदेशसभा सदस्य मञ्जु थापामगर, नेशनल क्यान्सर अस्पताल काठमाडौँका डा. सौजन्य कर्मचार्य, प्राध्यापक श्यामर्कष्ण जोशी, डा.स्नेहा जोशी, सकोसका उपाध्यक्ष मुना खरेललगायत संस्थाका पदाधिकारी र सदस्यको उपस्थिति रहेको थियो । उद्घाटन कार्यक्रमको सहजीकरण संस्थाकी सचिव भिमादेवी शर्माले गर्नुभएको थियो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु