२०८१ मंसिर ८, शनिबार
नयाँ
पछिला अपडेट

विविध कार्यक्रमका साथ अक्षराले मनायो आफ्नो छैठौं वार्षिकोत्सव तथा अभिभावक दिवस

२०७९ माघ २८, शनिबार मा प्रकाशित ( साल अघि) ५९४ पाठक संख्या

सीता अधिकारी
सिमरा, २८ माघः बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको वडा न १ स्थित सिमरामा रहेको अक्षरा पाठशालाले आफ्नो छैठौं वार्षिकोत्स तथां अभिभावक दिवस बिभिन्न कार्यक्रम गरी मनाएको छ । शनिबार विभिन्न कार्यक्रमको आयोजना गरी विद्यालय प्रांगणमा पाठशालाले वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको हो ।

1676123168568
एन प्याब्सनका केन्द्रिय सदस्य रामप्रसाद अधिकारी कार्यक्रमको उद्घाटन गर्दै संस्थागत विद्यालयहरुमा अभिभावकहरुले आफ्नो हैसियत र क्षमताअनुसार नै बालबालिका पठाउने बताउनुभयो । उहाँले बालबालिकाको सर्वागिंण विकासका लागि संस्थागत विद्यालयहरुले विभिन्न कार्यक्रम गर्ने गरेको जिकिर गर्नुभयो ।
कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिका कार्यपालिका सदस्य एवं वडा न २ का वडा अध्यक्ष धन बहादुर श्रेष्ठले विगत केहि वर्षदेखि निजी विद्यालयहरुले लिँदै आएको शुल्कका बारेमा अभिभावकहरुले वडामा गुनासो गर्ने गरेकोले यसतर्फ ध्यान दिन आग्रहसमेत गर्नुभयो । वडाध्यक्ष श्रेष्ठले अभिभावक भेला बोलाएर सर्वसहमतिमा अघि बढ्नु पर्नेमा जोड दिनु भयो
कार्यक्रममा सिमरा कलेजका कलेज प्रमुख शालिकराम अधिकारी, एन प्याब्सनका मधेस प्रदेश सदस्य बसन्त ढकाल, सञ्चारकर्मी विदुर खड्का, प्याब्सन बाराका अध्यक्ष नेत्रप्रसाद दाहाललगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।अक्षरा पाठशाला विद्यालय सञ्चालन समितिका अध्यक्ष प्रेम बस्नेतको सभाध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण शिक्षक ऋषि काफ्लेले गर्नुभएको थियो ।

वर्ष विद्यार्थी घोषणा

1676122572901
अक्षरा पाठशालाले आफ्नो छैठौं वार्षिकोत्सव एवं अभिभावक दिवसको अवसर पारेर विद्यालयमा अध्ययनरत एक जना विद्यार्थीलाई २०७९ सालको वर्ष विद्यार्थी घोषणा गरेको छ । यस वर्ष वर्ष विद्याथीृको रुपमा कक्षा ९ मा अध्ययनरत् रमन धिताललाई वर्ष विद्यार्थी घोषणा गरेको हो । वर्ष विद्यार्थीलाई ट्रफी तथा प्रमाणपत्र प्रदान गरिएको थियो भने पुरस्कारका रुपमा आउँदो नयाँ शैक्षिक सत्रमा आवश्यक पाठ्यपुस्तक निशुल्क रुपमा उपलब्ध गराउने बताइएको छ ।

मायाको चिनो प्रदान

1676122547652
कार्यक्रममा विद्यालयका तर्फबाट प्रमुख अतिथि रहनुभएका एन प्याब्सनका केन्द्रिय सदस्य रामप्रसाद अधिकारी, सिमरा कलेजका प्रमुख शालिकराम अधिकारी र वडा नं २ का वडाध्यक्ष धनबहादुर श्रेष्ठलाई मायाको चिनो प्रदान गरिएको थियो ।

1676122560386

विद्यार्थीको विभिन्न कार्यक्रम
। विद्यालयका शिक्षक शिक्षिका,अभिभावक, जनप्रतिनिधिलगायत संचारकर्मीहरुको समेत उपस्थिति रहेको कार्यक्रममा अक्षरा पाठशालाका विद्यार्थीहरुले विभिन्न विषयमा केन्द्रित रहेर नृत्य, लोकदोहोरी गीत तथा नाटक प्रदर्शन गरेका थिए ।

1676123364577

1676122520023

 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
५%६%१%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु