२०८२ आश्विन २, बिहिबार
नयाँ
पछिला अपडेट

जीतपुरसिमरास्तरीय राष्ट्रपति रनिंग शिल्ड प्रतियोगिता सुरु

२०७९ माघ २८, शनिबार मा प्रकाशित ( साल अघि) ५८० पाठक संख्या

सिमरा, २८ माघः जीतपुरसिमरा उपमहानगरपालिकास्तरीय राष्ट्रपति रनिंग शिल्ड प्रतियोगिता २०७९ शनिबारदेखि सुरु भएको छ । फागुन ७ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगिताको पहिलोदिन शनिबार फुटबल खेल भएको छ । शनिबार भएको ३ वटा फुटबल खेलमध्ये पहिलो खेलमा श्री दुलारीमाई आधारभूत विद्यालय वस्डीलवाले सेन्टपिटर्स एकेडेमी सिमरालाई ३–० ले हरायो । दोस्रो खेलमा सेन्ट अल्फोन्सास स्कुल अनुपस्थित हुँदा राष्ट्रिय विभूति सामुदायिक शिक्षा सदन डुमरवाना र तेस्रो खेलमा नेपाल मा वि अमलेखगञ्जले नेपाल राष्ट्रिय मा वि छातापिपरालाई ५–० गोल अन्तरले पराजित गरि जीत हासिल गरेको नेपाल राष्ट्रिय मावि फत्तेपुरका प्रअ तथा खेलकुद सचिवालय संयोजक जयप्रकाश रायले जानकारी गराउनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु