२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

जीतपुरमा सुरु भयो सातौँ जिल्लास्तरीय कराँते प्रतियोगिता

२०७९ फागुन १२, शुक्रबार मा प्रकाशित ( साल अघि) ३९३ पाठक संख्या

सीता अधिकारी
सिमरा, १२ फागुनः बाराको जीतपुरमा सातौँ जिल्लास्तरीय कराँते प्रतियोगिता सुरु भएको छ । नेपाल सितोरियो कराँते जीतपुर डोजो शाखाको आयोजनामा शुक्रबार र शनिबारसम्म सञ्चालन हुने प्रतियोगिताको आज सुरुवात गरिएको हो ।

1677250804993

प्रतियोगितामा सिमरा, जीतपुर, कलैया, अमलेखगंज, रमौली र छातापिपरास्थित डोजोले सहभागिता जनाएको आयोजक डोजो शाखाका संयोजक एवं प्रशिक्षक मनोजकुमार साहले जानकारी दिनुभयो । कार्यक्रममा ज्वाला दल गण जीतपुरका प्रमुख सेनानि सानुकाजी थापालाई मायाको चिनो प्रदान गरिएको थियो ।

1677250718445

जीतसिमरा उपमहानगरपालिका वडा नं ७ को जीतपुरस्थित शान्ति टोल खेल मैदानमा भैरहेको प्रतियोगिता करिब चार लाख ३५ हजार ५ सयको अनुमानित लागतमा सम्पन्न हुने बताइएको छ । प्रतियोगितामा प्रथम हुने टिमले १५ हजार, दोस्रो हुनेले १० हजार र तेस्रो हुनेले पाँच हजार नगद प्राप्त गर्ने आयोजकले जनाएका छन् ।
प्रतियोगिता सम्पन्न गर्न जीतपुरसिमरा उपमहानगरपालिका, जीतपुरसिमरा वडा नं. ७, बाबा हार्डवेयर, आरम्भ ट्रेडिङ, राजा स्क्रिन प्रिन्टिङ, रेबन फूलट्रिप ढुवानी सेवा एण्ड सप्लायर्सलगायतको सहयोग रहेको बताइएको छ । साहको अध्यक्षतामा सम्पन्न उद्घाटन सत्रको कार्यक्रमको प्रमुख आतिथ्यता मधेस प्रदेश सभा सदस्य देवनारायण चौधरीले गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन सञ्चारकर्मी रञ्जन यादवले गर्नुभएको थियो ।
प्रतियोगिता उद्घाटन हुनुअघि खेलाडी, विभिन्न विद्यालयका विद्यार्थीहरुले विद्यालयको व्यानरसहित जीतपुर बजार परिक्रमा गरेका थिए ।

1677250893119

 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु