२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

हात्तीको आक्रमणबाट टाँगियावस्तीमा एकको मृत्यु

२०७९ फागुन १७, बुधबार मा प्रकाशित ( साल अघि) ४७० पाठक संख्या

सीता अधिकारी
सिमरा, १७ फागुनः हाक्तीको आत्रमणबाट बाराको टांगियाबस्तीमा एक जनाको मृत्यु भएको छ । हात्तीको आक्रमणबाट बुधबार जीतपुरसिमरा उपमहानगरपालिका वडा नं १६ निवासी सन्तबहादुर दर्लामीका छोरा ४५ वर्षीया जापाङ दर्लामी मगरको मृत्यु भएको हो ।
मगरलाई जंगल जाने क्रममा गाउँ नजिकै हाक्तीले आत्रमण गरेको र घटनास्थलमै मृत्यु भएको वडाध्यक्ष हरिदेव खरेलले जानकारी दिनुभयो ।
हात्ती अहिले पनि गाउँ पसेर आतंक मच्चाउन थालेको स्थानीयले बताएका छन् । डिभिजन वन कार्यालयको क्षेत्र भएपनि हात्तीले आतंक मच्चाउँदै मान्छे मारेको सूचना आएपछि घटनाको अनुसन्धान गर्न पर्सा राष्ट्रिय निकुञ्जको टोली टाँगियावस्ती प्रस्थान गरेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
३%७%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु