२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

जीतपुरसिमराका विद्यालयमा कम्तिमा ४० प्रतिशत महिला प्रअ नियुक्त गरिनेः नगर प्रमुख पौडेल

२०७९ फागुन २४, बुधबार मा प्रकाशित ( साल अघि) ३७४ पाठक संख्या

सीता अधिकारी
सिमरा, २४ फागुनः जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेलले नगरभित्रका सामुदायिक विद्यालयमा कम्तिमा ४० प्रतिशत महिला प्रधानाध्यापक नियुक्त गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । ११३ औँ अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा अखिल नेपाल महिला सँघ ( क्रान्तिकारी) द्वारा बाराको सिमरामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख पौडेलले सो कुरा बताउनुभएको हो ।

1678276144238
उहाँले प्रधानाध्यापक नियुक्तिका लागि नगरले कार्यविधि पनि बनाउँदै गरेको जानकारी दिनुभयो । प्रमुख पौडेलले हाल जीतपुरसिमरा उपमहानगरमा एक जना मात्र महिलाले निमित्त प्रअ भएर सामुदायिक माध्यामिक विद्यालय चलाइरहेको र समावेशिताका आधारमा महिलालाई अगाडि बढाउन पनि जरुरी रहेको जिकिर गर्नुभयो । पौडेलले आफू नगर प्रमुख भैसकेपछि शिक्षा र स्वास्थ्यलाई विशेष प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभएको छ ।

औपचारिक कार्यक्रम

1678276332622
अखिल नेपाल महिला सँघ( क्रान्तिकार)का जिल्ला अध्यक्ष सुमित्रा कार्की शोभाको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा अनेम सँघ –(क्रान्तिकारी) का मधेश प्रदेश संयोजक शिला खनालको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा नेकपा माओवादी केन्द्रका वैकल्पिक केन्द्रीय सदस्य गीता कँडेल, वैकल्पिक केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज क्षेत्रबहादुर श्रेष्ठ अनिल, नेकपा माओवादी केन्द्र जीतपुरसिमराका नगर अध्यक्ष प्रेम बराल, सञ्चारकर्मी विदुर खड्का लगायतले कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा स्वागत मन्तव्य रिना रौनियार पुरीको र सञ्चालन सीता केसीको रहेको थियो ।

सम्मान कार्यक्रम

1678276380957
११३ औँ अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा अनेमसँघ (क्रान्तिकारी) द्वारा आयोजित कार्यक्रममा एकल महिलाहरु पार्वती कार्की, रेनु श्रेष्ठ, प्रजापति धनकाई, गंगादेवी कुर्मी, मुनियादेवी महरा, सहिद परिवारका तर्फबाट देवका पाण्डेलगायतलाई गम्छा ओडाएर सम्मान गरिएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु