२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

राष्ट्रिय वन क्षेत्रअन्तर्गत ५ हेक्टर जमिनमा हुर्काइएका लाथ्रा विरुवा अतिक्रमणकारीद्वारा नष्ट, दोषी पत्ता लगाइ हदैसम्मको कारवाही गरिने

२०७९ फागुन २५, बिहिबार मा प्रकाशित ( साल अघि) ३०५ पाठक संख्या

सीता अधिकारी
सिमरा, २५ फागुनः कोल्हवीको वडा नं ५ स्थित रामवनमा पाँच हेक्टर जग्गामा वृक्षारोपण गरि हुर्काएका लाथ्रा विरुवा नष्ट गरिएको छ । बाराको कोल्हवी नगरपालिका वडा नं ५को बोधवनस्थित रामवनमा डिभिजन वन कार्यालयले तारवारसहित वृक्षारोपण गरी हुर्काएको लाथ्रा विरुवा अतिक्रमणकारीहरुद्वारा नष्ट गरिएको हो । तर कसले किन विरुवा नष्ट गर्यो त्यो पत्ता लागेको छैन । विरुवा नष्ट गर्नेको खोजी कार्य जारी रहेको छ ।

1678378018730

घटना
फागुन २३ गते तराईमा होली रौनक थियो । राति गाउँलेहरु होली मनाउँदै गाना बजाउँदै रमाइलो गरेको अवस्थामा केही व्यक्तिले वन रक्षक र कर्मचारीले नसुनोस भनि रातिको बेलामा आएर विरुवा काटेको, पोल भाँचेको, तार भत्काएको डिभिजन वन कार्यालयका सहायक वन अधिकृत जवाहरलाल कुर्मीले बताउनुभयो ।
उहाँले विरुवा काट्ने मान्छे र कटाउन लगाउनेको खोजी गरिराखेको जानकारी दिनुभयो । उहाँले यस्ता अपराध गर्नेलाई वन ऐन २०७६ अनुसार हदैसम्म कारवाही गरिने बताउनुभयो ।

1678378107208
वि.सं २०७७/०७८मा राष्ट्रिय वन क्षेत्रमा रहेको रामवन क्षेत्रको अतिक्रमण हटाई करिब नौहजार विरुवा लगाइएको थियो । टिक, मसला, कटहर आँप लगायतका विरुवा रोपण गरिएको वन कर्मचारी बताउँछन् । विरुवा रोपण गर्नका लागि तारबारसहित करिव १० लाख रुपियाँको लागत लागेको बताइएको छ ।

स्थानीयवासीको धारणा
कोल्हवी नगरपािलका वडा नं ५ का शिवगोविन राम विहान खेतमा आउँदा वृक्षारोपण गरी हुर्काएका सबै विरुवा काटिएको देखे ।

1678378122277

उनलाई आश्चर्य लाग्यो, कसले गरयो यो अपराध ? उनी भन्छन्, ‘जसले गरेको भएपनि कारवाही हुनुपर्दछ ।’

दण्ड सजायको व्यवस्था
वन ऐन २०७६ मा उल्लेख भएअनुसार नर्सरीमा रहेका वा वृक्षारोपण गरिएका विरुवा काट्ने, भाँच्ने वा कुनै प्रकारले नोक्सानी गरेमा प्रति विरुवा ५ सय रुपियाँ जरिवाना हुने र कसुरको मात्रा हेरी १ वर्ष कैद र २० हजार जरिवना वा दुवै हुनसक्नेछ । त्यस्तै नर्सरीमा वृक्षारोपण गरिएका क्षेत्रका तारवार वा खम्बा उखल्ने, नोक्सानी गर्ने, सम्पत्ति विगारे वा चोरी गरेमा विगो असुल गरी छ महिनासम्म कैद वा १० हजारसम्म जरिवाना वा दुवै सजाय हुन सक्ने कानुनी प्रावधान रहेको छ ।

1678377954331

1678380128704

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु