२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

जगदम्बा स्टिल १३औँ जीतपुरसिमरा गोल्डकप बिहीबारदेखि सुरु, आयोजक कल्बलाई हराउँदै भरतपुर क्वाटरफाइनलमा प्रवेश

२०७९ चैत्र १०, शुक्रबार मा प्रकाशित ( साल अघि) २७५ पाठक संख्या

सीता अधिकारी
सिमरा, १० चैतः जगदम्बा स्टिल १३औ जीतपुरसिमरा गोल्डकप बिहीबारदेखि सुरु भएको छ । नव जनजागृति युवा क्लब सिमराको आयोजनामा सिमरा रंगशालामा प्रतियोगिता सुरु भएको हो ।

प्रतियोगिताको एक कार्यक्रमकाबिच बारा क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य एवं पूर्वमन्त्री कृष्ण कुमार श्रेष्ठ किसानले उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा बोल्दै प्रतिनिधिसभा सदस्य श्रेष्ठले सिमरा रंगशालाको विकास गर्न आफू प्रतिवद्ध रहेको बताउनुभएको छ ।

1679606605869
कार्यक्रममा अखिल नेपाल फुटबल संघ एन्फाका उपाध्यक्ष दावा लामाले खेलको विकासमा आयोजकले खेलेको भूमिकाको प्रशंसा गर्नुभयो । बारा क्षेत्र नम्बर ४ क का प्रदेशसभा सदस्य देव नारायण चौधरीले सिमरा रंगशालाको स्तर उन्नतिको निम्ति सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेलले खेल र खेलाडीको विकास गर्न नगर प्रतिवद्ध रहेको बताउनुभयो । प्रमुख पौडेलले खेल र खेलाडीको प्रोत्साहनका लागि प्रधानमन्त्री पुस्पकमल दाहाल प्रचण्डले पठाउनुभएको शुभकामना सन्देश वाचन गर्नुभएको थियो ।
कार्यक्रममा प्रतियोगिताको मुख्य प्रायोजक जगदम्बा स्टिल प्रा.लिका कर्पोरेट भिसी पिआर कृष्णदत्त भट्ट, संविधानसभा सदस्य शोभाकर पराजुली, जीतपुरसिमरा उपमहानगरपालिकाका उप प्रमुख भोला प्रसाद अधिकारी, सहायक रथी श्री नं २८ का सानुकाजी थापा, कोल्हवी नगरपालिकाका नगर प्रमुख रामप्रसाद चौधरी, जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक होबिन्द्र बोगटी, मधेश प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सन्तोष भट्टराई, समाजसेवी काशिम मिया लगायतको उपस्थिति रहेको थियो ।

नव जनजागृती युवा क्लब सिमराका अध्यक्ष रामचन्द्र लामाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन प्रेस संयोजक सुनिल गाउलेले गर्नुभएको थियो । कार्यक्रममा क्लबका महासचिव शम्भुसिंह ठकुरीले स्वागत मन्तब्य व्यक्त गर्नुभएको थियो ।बिहीबारदेखि सुरु भएको प्रतियोगितामा १० वटा टिमको सहभागिता रहेको छ । चैत्र १८ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको बिजेताले नगद १० लाख रुपैया र उप बिजेताले नगद ५ लाख रुपैया पाउनेछन् ।

रात्रीकालिन समयमा फ्लड लाईटमा आयोजना भएको प्रतियोगितामा यसबर्ष फुड फेस्टिबलको आयोजना गरिएको छ । आयोजक क्लबसंँगको सहकार्यमा होटल तथा पर्यटन व्यवसायी संघ बाराले फुडफेस्टिबलको आयोजना गरेको हो । फुड फेस्टिबलमा खानाका बिभिन्न परिकारका स्टल राखिएको छ ।

1679606647461
कार्यक्रममा ब्राइटर एकेडेमी र सिमरा पब्लिक इंग्लिस स्कुलका विद्यार्थीले राष्ट्र, खेल र खेलाडीप्रति सम्मान व्यक्त गर्दै राष्ट्र गान गाएका थिए ।

भरतपुर क्वार्टरफाइनलमा प्रवेश

भरतपुर फुटबल क्लब १३ औं संस्करणको जगदम्बा जीतपुर सिमरा गोल्डकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।आयोजक नव–जनजागृति यूवा क्लबलाई ३–१ ले हराउँदै भरतपुरले अन्तिम आठको यात्रा तय गरेको हो ।

सुरुवाति अग्रता बनाएको भरतपुरविरुद्ध बराबरी गोल फर्काएपनि आयोजक टोली घरेलु मैदानमा निरिह बन्दै प्रतियोगिताबाट बाहिरियो ।
सुरुवाति दबाब झेलेको आयोजकले खेलको ३३ औं मिनटमा बराबरी गोलको अवसर बनायो । भरतपुरका डिफेण्डरले डिबक्स भित्र फाउल गरेपछि पाएको पेनाल्टी अवसरलाई सदुपयोग गर्दै आयोजक टोलीका अफ्रिकी स्ट्राईकर ग्लोरीले खेललाई बराबरीमा पुर्याउनुभएको थियो ।
खेलको अन्तिम समयसम्म आयोजकविरुद्ध हाबी भएको भरतपुरले अन्तिम मिनेटमा ३–१ को जित दर्ता गर्‍यो । आयोजकविरुद्ध आक्रामक खेल खेलेको भरतपुरका सुनील खेलको म्यान अफ दि म्याच घोषित हुनुभयो । उहाँले दश हजार नगदसहित ट्रफि प्राप्त गर्नुभयो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु