२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

नेपाल शिक्षक संघ बाराको अध्यक्षमा सहनी विजयी

२०७९ चैत्र १०, शुक्रबार मा प्रकाशित ( साल अघि) ३८२ पाठक संख्या

सिमरा, १० चैतः नेपाली काँग्रेसको सुभेच्छु संस्था नेपाल शिक्षक संघ बाराको नवौं जिल्ला अधिवेशनबाट राजकिशोर सहनी अध्यक्षमा निर्वाचित हुनुभएको छ । उहाँको नेतृत्वमा अन्य पदाधिकारीसहित २० सदस्यीय कार्यसमिति निर्वाचित भएका हुन् । मतदान प्रक्रियाबाट कार्यसमिति निर्वाचित भएको हो ।

बुधबार कलैयामा सम्पन्न मतदानपछि शुक्रबार मतगणना सकिएको हो । २२ सय मतदाता रहेको शिक्षक संघको निर्वाचनमबाट सहनीले १ हजार १ सय १७ मत ल्याएर विजयी हुनुभयो भने उहाँका निकटतम प्रतिद्वन्द्वी निवर्तमान अध्यक्ष परमहंश यादवले ८ सय ७७ मत प्राप्त गर्नुभएको थियो । २ सय ४० मतको फराकिलो अन्तरले सहनी निर्वाचित हुनु भएको हो ।

1679672672082
त्यसैगरी उपाध्यक्षमा अनिता चौधरी, सुभाषचन्द्र यादव, सचिवमा शुकदेव यादव, सचिव (अर्थ)तर्फ ऋषिकान्तकुमार, सचिव रामविनयप्रसाद यादव, समावेशी सहसचिवतर्फ धनीराम चौधरी र हितेन्द्र चौधरीलगायत १२ जना अन्य सदस्य निर्वाचित हुनुभएको छ

 

 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु