२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

स्थापना दिवसको अवसरमा सिमरा महिला साकोसद्वारा कलेजलाई प्रोजेक्टर हस्तान्तरण

२०७९ चैत्र ११, शनिबार मा प्रकाशित ( साल अघि) ४३८ पाठक संख्या

सीता अधिकारी
सिमरा, ११ चैतः आफ्नो सोह्रौँ स्थापना दिवसको अवसर पारेर सिमरा महिला वचत तथा ऋण सहकारी संस्थाले सामाग्री हस्तान्तरण तथा दीप प्रज्वलन गरेको छ । संस्थाले मध्य तराइृकै उत्कृष्ट कलेज सिमरालाई संस्था स्थापना भएको सोह्रौँ वर्षको अवसरमा प्रोजेक्टर हस्तान्तरण गरेको हो ।
संस्थाले आफ्नो सामाजिक उत्तरदायित्व अन्तरगत गर्नुपर्ने दायित्व निर्वाह गर्दै सिमरा कलेजमा अध्ययनरत विद्यार्थीको पठनपाठन प्रक्रिया सहज होस् भन्ने उद्देश्यले उक्त सामग्री हस्तान्तरण गरिएको संस्थाका अध्यक्ष अनिता लम्सालले बताउनुभयो । यसैबिच कलेजका तर्फबाट सिमरा महिला साकोसलाई प्रशंसा पत्र प्रदान गरिएको थियो ।

1679749397849

संस्थाका अध्यक्ष अनिता लम्सालको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा सिमरा कलेज सञ्चालक समितिका अध्यक्ष अच्युतदेव सिटौला, कलेज प्रमुख शालिकराम अधिकारी, सञ्चालकहरु मधुकर अधिकारी, ईश्वर ढुंगेल, रमेश पण्डित, रविन्द्र श्रेष्ठ, कलेजका लेखा प्रमुख शक्ति ढुंगेललगायत सहकारीका कार्यसमिति सदस्यहरु, सेयर सदस्यहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रमको सञ्चालन संस्थाका सचिव भिमादेवी शर्माले गर्नुभएको थियो भने स्वागत उपाध्यक्ष भिमा शर्माले गर्नुभएको थियो ।
मैनबत्ती प्रज्वलन
संस्थाले आफ्नो स्थापना दिवसको अवसर पारेर मैनबत्ती प्रज्वलन गरेको छ । संस्थाको प्रांगणमा १६ औँ स्थापनाको दिवस पारेर मैनवत्ती प्रज्वलन गरेको हो ।
1679749316480

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%१%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु