२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

जगदम्बा १३औँ जीतपुर–सिमरा गोल्डकपको फाइनलमा हिमालयन शेर्पा क्लब प्रवेश

२०७९ चैत्र १६, बिहिबार मा प्रकाशित ( साल अघि) ३४८ पाठक संख्या

सिमरा, १५ चैतः सिमरामा जारी जगदम्बा १३औँ जीतपुर–सिमरा गोल्डकपको फाइनलमा हिमालयन शेर्पा क्लब प्रवेश गरेको छ । बुधबार सिमरा रंगशालामा सम्पन्न पहिलो सेमिफाइनलमा मकवानपुर ११ हेटौँडालाई ३–० ले हराउँदै हिमालयनले फाइनलको यात्रा तय गरेको हो ।

जीतपुर–सिमरा गोल्डकपमा हिमालयन शेर्पा तेस्रोपटक फाइनल पुगेको हो । हिमालयनले ०६७ मा सम्पन्न प्रतियोगिताको दोस्रो संस्करणमा फाइनल खेल्दै उपाधि जितेको थियो । दुई वर्षपछि ०६९ मा पनि फाइनल खेलेको हिमालयन उपविजेतामै चित्त बुझाउनुपरेको थियो ।

बुधबारकोको खेलमा हिमालयन शेर्पाले २९औँ मिनेटमा सुशील राईको गोलबाट अग्रता लिएको थियो । अव्योमीको पासमा सुशीलले पेनाल्टी एरियाबाट गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । हिमालयन शेर्पाको जितमा म्यान अफ दि म्याच निशान लिम्बु नायक बने ।

खेलको ७४औँ मिनेटमा कप्तान विश्वास श्रेष्ठको ठाउँमा मैदान प्रवेश गरेका निशानले दुई गोल गरे । ८७औँ मिनटमा मिलन राईको पासलाई गोलमा परिणत गर्दै हिमालयन शेर्पाको अग्रता दोब्बर बनाएका निशानले अन्तिम समयमा पनि आकर्षक गोल गरे । क्वार्टरफाइनलमा भरतपुर फुटबल क्लबविरुद्ध उत्कृष्ट खेल प्रदर्शन गरेको मकवानपुर ११ हिमालयन शेर्पासामु निरिह देखियो ।

बिहीबार साविक विजेता न्युरोड टिम एनआरटी र चर्च ब्वाइज युनाइटेडबीच दोस्रो सेमिफाइनल खेल हुनेछ । आयोजक कमिटीका अध्यक्ष रामचन्द्र लामाका अनुसार शनिबार उपराष्ट्रपति रामसहायप्रसाद यादवको उपस्थितिमा फाइनल खेल हुनेछ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु