२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

सवारीधनीलाई करको दायरामा ल्याउँदै जीतपुरसिमरा उपमहानगरपालिका

२०७९ चैत्र २६, आईतबार मा प्रकाशित ( साल अघि) ३०५ पाठक संख्या

सीता अधिकारी
सिमरा, २६ चैतः बाराको जीतपुरसिमरा उपमहानगरपालिकाले सवारीधनीलाई समेत करको दायरामा ल्याउने भएको छ । नगरका भित्री सडकमा चल्ने साना तथा ठूला सवारी साधनलाई पनि कर तिर्नैपर्ने भन्दै सूचना जारी गरेको छ ।जसमामा मोटरसाईकल र स्कुटर चलाउनेले पनि अतिरिक्त कर तिनुपर्ने भएको छ ।उपमहानगरको गत चैत्र २० गते सम्पन्न नगरसभाले उपमहानगरको क्षेत्राधिकारभित्र पर्ने सहायक सडकमा ‘सहायक सडक मर्मत तथा सडक उपयोग शुल्क (पटके सवारी कर) संकलन गर्ने निर्णय गरेबमोजिम राजश्व महाशाखाले आइतबार सूचना निकालेर सवारीधनीलाई कर बुझाउन अनुरोध गरेको हो ।
उपमहानगरपालिकाको राजश्व महाशाखाले जारी गरेको सूचनामा बार्षिक रुपमा कर बुझाउने सवारी धनीले ‘पटके कर’ तिर्नु नपर्ने उल्लेख गरेको छ जसमा मोटरसाईकल र स्कुटरको वार्षिक १५० रुपैयाँ कर निर्धारण गरिएको छ ।
उपमहानगरले रिक्सा र ठेला चालकहरुसंग वार्षिक एकसय रुपैयाँ कर उठाउनेछ भने सबैभन्दा धेरै ठुला ट्रकहरुसंग ३ हजार पाँचसय रुपैयाँ कर संकलन गर्नेछ ।

हेर्नुहोस् उपमहानगरले निर्धारण गरेको करको दरः

1681058820766

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु