२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

प्रत्येक उपभोक्ता समितिमा अपांगता भएका व्यक्तिको सहभागिता अनिवार्य हुने जीतपुरसिमराको निर्णय

२०७९ चैत्र ३०, बिहिबार मा प्रकाशित ( साल अघि) २६१ पाठक संख्या

सीता अधिकारी
सिमरा, ३० चैतः राज्यले अपांगता भएका व्यक्तिको हकहितमा काम गर्न नसकिरहेको भन्ने जनगुनासो आइरहेका बेला बाराको जीतपुर सिमरा उपमहानगरपालिकाले अपांगता तथा फरक क्षमता भएका व्यक्तिलाई प्रत्येक उपभोक्ता समितिमा राख्ने निर्णय गरेको छ । यही चैत २४ गते जीतपुर सिमरा उपमहानगरपालिकाका प्रमुख राजन पौडेलको अध्यक्षतामा वसेको बैठकले अपांगता भएका व्यक्तिहरुलाई विकासको मूल धारमा ल्याउन र उनीहरुको अर्थपूर्ण सहभागिता कायम गर्न जीतपुरसिमरा उपमहानगरपालिकाले स्थानीय तहमा गठन हुने समिति, उपसमिति तथा राज्यका अन्य संयन्त्रमा अपांगता भएका व्यक्तिलाई सहभागिता गराउने निर्णय गरेको हो ।
निर्णयमा अब उपरान्त गठन हुने स्थानीय तहका उपभोक्ता समिति लगायत राज्यका अन्य संयन्त्रमा समेत फरक क्षमता भएका व्यक्तिलाई समावेश गराउन भनिएको छ । पालिकाले राष्ट्रिय अपांग संघ नेपालले मिति २०७९ पुस २६ गते अपांगता भएका व्यक्तिलाई विकासको मूल धारमा ल्याउन समिति, उपसमिति लगायतका संयन्त्रमा फरक क्षमता भएका व्यक्तिलाई समावेश गर्न भनि गरेको पत्राचारलाई अनुमोदन गरेकोसमेत जनाएको छ ।हेर्नुहोस् निर्णयः

1681332921089

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु