२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

कक्षा १– ५का विद्यार्थीलाई ४ केजीसम्मको झोला बोकाउन उपमहाहानगरका विद्यालयलाई शिक्षा महाशाखाको निर्देशन

२०७९ चैत्र ३०, बिहिबार मा प्रकाशित ( साल अघि) ३०६ पाठक संख्या

सीता अधिकारी
सिमरा, ३० चैतः जीतपुरसिमरा उपमहानगरपालिकाभित्रका संस्थागत विद्यालयमा अध्ययनरत आधारभूत तह कक्षा १ देखि ५ सम्मका विद्यार्थीहरुलाई ४ केजी सम्मको मात्र पाठ्यसामग्री तथा खाजाको झोला बोकाउन निर्देशन दिइएको छ । शिक्षा तथा खेलकुद महाशाखाले बुधबार जारी गरेको सूचनामा आधारभूत तह कक्षा ६देखि ८ सम्मका लागि ६ केजी र माध्यमिक तहसम्म ८ केजी झोला( पाठ्यसामग्री र खाजासहितको) बोक्न पाउने निर्देशन दिइएको हो ।
संस्थागत विद्यालय मापदण्ड तथा सञ्चालन निर्देशिका २०७९(संशोधन सहित) अनुसार संस्थागत विद्यालयका लागि पाठ्यपुस्तकका सम्बन्धमा बुँदा नं ९ मा पूर्व प्राथमिक तहका विद्यार्थीहरुका लागि पाठ्यसामग्री सहितको झोला बोक्न निरुत्साहन गर्नु पर्ने उल्लेख गरिएको छ ।
सूचनामा नगर प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत तथा जीजपुरसिमरा उपमहानगरपालिका अन्तरगतका २४ वडा कार्यालयलाई बोधार्थ दिई निर्णय कार्यान्वयनमा सहयोग पुर्‍याउन अनुरोध गरिएको छ ।
हेर्नुहोस् सूचनाः

16813328368461681332808309

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु