२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

नेपाल आयल निगम स्वतन्त्र कर्मचारी यूनियनको दशौँ स्थापना दिवसमा विभिन्न कार्यक्रमको आयोजना

२०८० बैशाख ८, शुक्रबार मा प्रकाशित ( साल अघि) १३८३ पाठक संख्या

सीता अधिकारी
सिमरा, ८ बैशाखः नेपाल आयल निगम स्वतन्त्र कर्मचारी यूनियनको दशौं स्थापना दिवस विभिन्न कार्यक्रमको आयोजना गरि मनाइएको छ । यूनियनको स्थापना दिवसको अवसरमा शुक्रबार निगमको केन्द्रीय कार्यालयलगायत निगमका सबै कार्यालयहरूमा विभिन्न कार्यक्रम आयोजना गरी मनाइएको हो ।
उद्योग बाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालको प्रमुख आथित्यतामा निगमको केन्द्रिय कार्यालय प्रागंणमा कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री रिजालले नेपाल आयल निगमका कर्मचारीहरुको अहोरात्र खटाईबाट पेट्रोलियम पदार्थको सहज आपूर्ति भई रहेकोमा धन्यवाद व्यक्त गर्नुभएको थियो । उहाँले प्रजातान्त्रिक प्रणालीबाट मात्रै ट्रेड युनियनको सम्मान हुने हुँदा आफू सधैँ श्रमजीबी कर्मचारीको पक्षमा रहेको धारणा राख्नु भयो ।

FB_IMG_1682094428914

युनियनका केन्द्रिय अध्यक्ष विकास बखतीको अध्यक्षतामा भएको कार्यक्रममा निगमका कार्यकारी निर्देशक ई. उमेश प्रसाद थानी, नेपाल ट्रेड युनियन काँग्रेसका महासचिव योगेन्द्र कुँवर, नेपाल सार्वजनिक सेवा कर्मचारी संघका केन्द्रिय अध्यक्ष राजेन्द्र दाहाल, नेपाल आयल निगम संघका अध्यक्ष मधुमास पुनले शुभकामना मन्तब्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रमको सञ्चालन यूनियनका केन्द्रीय महासचिव सन्दिप बरालको र युनियनका केन्द्रिय सदस्य राजलाल मण्डलको स्वागत मन्तब्य रहेको थियो ।

सम्मान तथा मायाको चिनो प्रदान
स्थापना दिवसको अवसर पारेर गरिएको कार्यक्रममा युनियनका संस्थापक केन्द्रिय सदस्य एबं निगमबाट भर्खरै सेवानिवृत हुनुभएका निगमका निवर्तमान निर्देशक नेत्रप्रसाद काफ्लेलाई दोसल्ला ओढाई सम्मान गरिएको थियो ।  सोही अवसरमा नेपाल सार्वजनिक सेवा कर्मचारी संघको गत महिना सम्पन्न महाधिवेशनबाट निर्वाचित राष्ट्रिय समिति अध्यक्ष राजेन्द्र दाहाल लगायतका पदाधिकारी तथा सदस्यहरूलाई र निगमको यूनियनबाट प्रतिनिधित्व गर्दै नेपाल सार्वजनिक सेवा कर्मचारी संघको महाधिवेशनबाट राष्ट्रिय समिति, प्रदेश समिति तथा जिल्ला समितिमा निर्वाचित हुनु भएकाहरूलाई मायाको चिनोसहित सम्मान गरिएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
३%२%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु