२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

विद्यार्थी संख्या न्यून भएका विद्यालयहरुलाई समायोजन गर्ने जीतपुरसिमराको निर्णय, ८० जना विद्यार्थी नभए कक्षा ११–१२ पनि गाभिने

२०८० बैशाख ११, सोमबार मा प्रकाशित ( साल अघि) ५३४ पाठक संख्या

सीता अधिकारी
सिमरा,११ बैशाखः जीतपुरसिमरा उपमहानगरपालिकाले विद्यार्थी संख्या अति न्यून भएका सामुदायिक विद्यालयहरुलाई समायोजन गर्ने भएको छ । विद्यालयको व्यवस्थापकीय र शैक्षिक कार्य सुधार गर्न उपमहानगरपालिकाले स्थानीय सरकार सञ्चालन ऐन २०७४को दफा ११(ज) १२, शिक्षा नियमावली २०५९ नियम १९२ (») तथा जीतपुर सिमरा उपमहानगरपालिकाको शिक्षा ऐन २०७५को को परिच्छेद ८ को दफा ४८ ( २) ले दिएको अधिकार बमोजिम जीतपुरसिमरा उप महानगरपालिकाद्वारा जारी सामुदायिक विद्यालय कार्यविधि २०७९ निर्माण तथा प्रमाणीकरण गरी विद्यालय समायोजन गर्न लागेको हो ।
राजपत्रमा प्रकाशित उपमहानगरपालिकाको कार्यविधिअनुसार सामुदायिक विद्यालयलाई समायोजनमा ल्याउँदा दुई वा सोभन्दा बढी विद्यालयहरुको पैदल दुरी ३० मिनेटभन्दा कम रहेको, दुई वा सो भन्दा बढी विद्यालयहरुमध्ये एउटा वा सबैमा विद्यार्थी संख्या कक्षा १–३ मा ४५, १–५ मा ७५, ६–८ मा ४५, कक्षा ९–१० मा ४०, कक्षा ११–१२ मा ८० जना भएको विद्यालय समायोजन गरिने छ ।
त्यस्तै नजिकको दुरीमा रहेका विद्यालय र आपसमा गाभिएर वा एकीकरण भएर उच्च तहको विद्यालय हेैसियत प्राप्त हुन सक्ने दुई वा सोभन्दा बढी विद्यालय, कक्षा ११–१२ सञ्चालन भैरहेका माध्यमिक विद्यालयहरु सञ्चालनमा आउन सक्ने न्यूनतम आधारहरु पूरा नभएका विद्यालयहरुलाई कक्षा १० सम्मको माध्यमिक विद्यालयको रुपमा सञ्चालन गर्ने, कक्षा ९–१० सञ्चालन भैरहेका माध्यमिक विद्यालयहरु सञ्चालनमा आउन सक्ने न्यूनतम आधारहरु पूरा नभएका विद्यालयहरुलाई आधारभूत कक्षा ८ सम्मको विद्यालयको रुपमा सञ्चालन गर्ने उल्लेख गरिएको छ ।
कक्षा ८सम्म सञ्चालन भैरहेका आधारभूत विद्यालयहरु सञ्चालनमा आउन सक्ने न्यूनतम आधारहरु पूरा नभएमा कक्षा ५ सम्मको आधारभूत विद्यालयको रुपमा सञ्चालन गर्ने उल्लेख गरिएको छ । तर गाभिने वा बन्द रहने विद्यालयको प्रारम्भिक बाल विकास कक्षा कायम रहने बताइएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
३%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु