२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

जीतपुर गौशालाको गाईको पालनपोषण र रेखदेख उपमहानगर आफैँले गर्ने

२०८० बैशाख १७, आईतबार मा प्रकाशित ( साल अघि) २८१ पाठक संख्या

सीता अधिकारी
सिमरा, १७ बैशाखः बाराको जीतपुरसिमरा उपमहानगरपालिकाले जीतपुर गौशालाको गाईको पालनपोषण र रेखदेख आफैँले गर्ने जनाएको छ । उपमहानरले जीतपुर गौशालाको अबैध संरचना हटाउँन खोज्दा त्यहाँ रहेको गाँईलाई देखाएर भूमाफियाले धार्मिक द्धन्द्ध सिजर्ना गर्न खोजेपछि जीतपुर गौशालाको गाईको पालनपोषण र रेखदेखको जिम्मेवारी आफैँले गर्ने जनाएको हो ।
जीतपुरसिमरा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरीले एक सूचना जारी गरी गाईको पालनपोषण र रेखदेखमा खटिएका कर्मचारीहरुलाई दैनिक ज्यालादारीमा भर्ना गरी नियुक्ति दिने जानकारी दिनुभयो । उहाँले गाईको पालनपोषण र रेखदेखमा खटिएका कर्मचारीहरुलाई उपमहानगरपालिकाको कार्यालयमा सम्पर्क गरी यथाशीघ्र दैनिक ज्यालादारीको नियुक्ति लिन अनुरोध गर्नुभएको छ । हेर्नुहोस् सूचनाः

1682864819135

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु