२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

बसको झ्यालबाट टाउको निकाल्दा एकको ज्यान गयो

२०८० बैशाख २९, शुक्रबार मा प्रकाशित ( साल अघि) २६७ पाठक संख्या

सिमरा, २९ बेशाखः बसको झ्यालबाट टाउको निकाल्दा जीतपुरसिमरा वडा नं २३ को भलुहीमा एकजनाको ज्यान गएको छ । प्रहरीका अनुसार शुक्रबार विहान पौने सातबजे बीरगञ्जबाट काठमाडौँतर्फ जाँदै गरेको ना.६. ख ९३६१ नं को बसमा सवार बसका यात्रुलाई विपरित दिसाबाट गईरहेको प्र.२–०३–००१.च.२४५२ न.को योद्दा पिकअपको हुटले छुँदा पर्साको कालिका माई गाउँपलिका वडा नं २ भेडियाहीका ५२ वर्षीय नागेन्द्र महतो नुनियाको ज्यान गएको हो ।
निज नुनियाले झ्यालबाट टाउको निकालेकोमा बिपरित दिशाबाट गईरहेको पिकअपको हुटले टाउकोमा छुँदा गम्भिर घाईते भई उपचारको लागि नारायणी अस्पताल बीरगंज लैजाने क्रममा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुबै सवारी, बस चालक प्रहरीको नियन्त्रणमा रहेका र पिकअप चालक फरार भएकोले खोजी कार्य जारी राखिएको प्रहरीले जानकारी दिएको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु