२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

सुविधा सम्पन्न सञ्जिबनी बाटिका सञ्चालनको तयारीमा

२०८० जेष्ठ १, सोमबार मा प्रकाशित ( साल अघि) ५५२ पाठक संख्या

सीता अधिकारी
सिमरा, १ जेठः बाराको जीतपुरसिमरा उपमहागरपालिका वडा नं ७ मा रहेको सञ्जीवनी बाटिका सञ्चालनको तयारीमा रहेको छ । भौतिक सुविधा र सम्पन्नताका हिसावले सम्भवतः मधेश प्रदेशकै पहिलो वृद्धाश्रम सञ्जविनी वाटिका सञ्चालनको तयारीमा रहेको हो ।
सञ्जीवनी वाटिका(वृद्धाश्रम) जीतपुरका अध्यक्ष एवं पूर्व मन्त्री फरमुल्लाह मन्सुरले दिनुभएको जानकारी अनुसार करिब एक करोड रुपियाँको लागतमा निर्माण गरिएको वृद्धाश्रम भवन सवा ८ कठ्ठा जग्गामाा फैलिएको छ । एक सय जनासम्म जेष्ठ नागरिकहरुलाई राख्ने क्षमता भएपनि हाल १५ देखि २५ जनासम्म राख्ने योजना भएको अध्यक्ष मन्सुरले बताउनुभयो ।

1684127359636
अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसर पारेर उद्घाटन गरिन लागेका वाटिकाभित्र भोजन कक्ष, भजन कृतन,टेलिभिजन तथा योगा कक्ष आदि निर्माण गरिएका छन् । साथै आँप लिचीका बगैचा, प्रभातकालिन भ्रमण पथ, फूलबारी लगायत निर्माण गरिएका छन् ।
राष्ट्रिय वाणिज्य बैक सिमरामा सञ्जिबनी बाटिकाको नाममा हाल १० लाखको अक्षयकोष खडा गरिएको छ । यसलाई एक करोडसम्म पुर्याउने लक्ष्य राखिएको अध्यक्ष मन्सुरले जानकारी दिनुभयो ।
त्यहाँ वस्न जाने जेष्ठ नागरिकको लागि निशूल्क खाने व्यवस्था, विहान चिया, नौ बजे बिहानी खाना, दिउँसो नास्ता, अपरान्ह ४ बजे चिया र बेलुका खाना दिने बताइउको छ । प्रत्येक व्यक्तिलाई एउटा पलंग, विछ्यौना, झुल, थाल कचौरा गिलास बोतल, अल्मारी, औषधी बाकसलगायत उपलब्ध गराइने र आफ्नो व्यक्तिगत सरसफाइ आफैँ गर्न सक्नुपर्दछ ।

1684127316919
सञ्जीवनी वाटिका(वृद्धाश्रम) जीतपुरका अध्यक्ष एवं पूर्व मन्त्री फरमुल्लाह मन्सुरले दिनुभएको जानकारी अनुसार बाटिकामा वस्नका लागि आउने मान्छे व्यक्ति ६० वर्ष पूरा भएको, नेपाली नागरिकता भएको हुनुपर्ने तर जुनसुकै जाति, धर्म तथा वर्गको भएपनि बाटिकामा आउन र वस्न, खान समस्या नहुने गरी समावेसी बनाइएको छ ।

1684127280256

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु