२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

मधेशमा धार्मिक पर्यटनको सम्भावना भएको मन्त्री यादवको जिकिर, कृषकलाई निशुल्क विद्युत वितरण गर्न स्थानीय पालिकासँग सम्झौता गरिने घिसिंगको भनाइ

२०८० जेष्ठ २६, शुक्रबार मा प्रकाशित ( साल अघि) ५१५ पाठक संख्या

 

सीता अधिकारी
सिमरा, २६ जेठः मधेशमा धार्मिक पर्यटनको सम्भावना रहेको वन वातावरण तथा पर्यटनमन्त्री सुनिता यादवले बताउनुभएको छ । शुक्रबार बाराको सिमरामा आयोजित औधोगिक पर्यटन प्रवर्द्धन कार्यक्रम एवं मधेश सम्मेलनमा बोल्दै मन्त्री यादवले सो कुरा बताउनुभएको हो ।

1686326549505
मन्त्री यादवले पर्यटन क्षेत्रका कुरा सरकारको नीति तथा कार्यक्रमममा नसमेटिएकामा दुख व्यक्त गर्दै भन्दै दुःख लाग्दो पक्ष भएको बताउनुभयो । उहाँले सरकारको नीति तथा कार्यक्रम निर्माण गर्ने बेलामा यो साल नभएपनि अर्को साल अवस्य पार्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा नेपाल विद्युत प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिगंले मधेशका लागि सबैभन्दा महत्वपूर्ण भनेको कृषि विद्युतीकरण भएको बताउनुभयो हो । कृषकलाई निशुल्क विद्युत वितरण गर्न गाउँपालिका र नगरपालिकासम्म सम्झौता गर्ने कार्य हुन लागेको बताउनुभयो ।

1686326733066
प्राधिकरणका कार्यकारी निर्देशक घिसिंगले विद्युत महसुल भनेको २ रुपियाँ मात्र हुन आउँने र त्यो स्थानीय पालिकाका लागि ठूलो कुरा नभएर निशुल्क जस्तै भएको बताउनुभयो । उहाँले हरेक प्रदेशभित्र विद्युतीकरण भएको घोषण गर्न लागेको र आगामी २ वर्षभित्रमा कर्णाली प्रदेशमा पनि विद्युतीकरण गर्ने लक्ष्य रहेको छ ।
नाटा मधेश प्देशका अध्यक्ष एवं जीतपुरसिमरा नगर उद्योग वाणिज्य सँघका अध्यक्ष मोहन प्रसाद लामिछानेको सभापत्तित्वमा भएको कार्यक्रममा जीतपुरसिमरा उपमहानगर पािलका का नगर प्रमुख राजन पौडेललगायतले कार्यक्रममा मन्तव्य राख्नुभएको थियो ।

1686326676952

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु