२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

हलखोरिया साझेदारी वन उपभोक्ता समूहको छैटौँ साधारण सभाको उद्घाटन, नेतृत्वमा प्रतिस्पर्धा हुने

२०८० जेष्ठ २७, शनिबार मा प्रकाशित ( साल अघि) ५५७ पाठक संख्या

सीता अधिकारी
सिमरा २६ जेठः हलखोरिया साझेदारी वन उपभोक्ता समूह जीतपुरसिमराको छैटौँ साधारण सभाको उद्घाटन भएको छ । कलैया उपमहानगरपालिका वडा नं २६ सिस्वा महेशपुरमा शुक्रबार उद्घाटन भएको हो ।
वि सं २०६० सालमा स्थापना भएको हलखोरियाले हाल विभिन्न पालिकाका ५२ वटा वडालाई आफ्नो कार्य क्षेत्र बनाएको छ । कलैया उपमहानगरका २७ वडा, जीतपुर सिमराका ११, फेटा गाउँ पालिकाको ३, पर्सौनी गाउँपालिकाको ३ र सुवर्ण गाउँपालिकाको १ र देवतालको ७ वटा वडालाई समेटेको बताइएको छ ।
डिभीजन वन कार्यालय बाराको आयोजनामा भएको कार्यक्रमको संयोजन हलखोरिया साझेदारी वनका रामगणेश साहले गर्नुभएको थियो ।
१ हजार ९ सय ३८ दशमलव ४६ हेक्टर क्षेत्रफलमा फैलिएको यस साझेदारीमा १७ हजार २ सय ६८ घरधुरी आवद्ध रहेका छन् । यसबाट २ लाख ५० हजार १ सय ५२ जनसंख्या लाभान्वित भएको डिभीजन वन कार्यलय सिमराले जनाएको छ ।

1686350081991

 

नेतृत्वमा प्रतिस्पर्धा
हलखोरिया साझेदारी वन उपभोक्ता समूहको अधयक्ष पदका लागि कडा विभिन्न व्यक्तिले आकाँक्षा राखेका छन् । आकाँक्षीहरुमध्ये दुइजनामा कडा प्रतिस्पर्धा हुने भएको छ ।
युवा पुस्ताका जुझारु नेता विकल्प भट्टराई र अर्का अनुभवी राजनीतिक ध्रुव यादवले अध्यक्ष पदमा आकाँक्षा राख्नुभएको छ ।

1686350131407
वनजंगलको संरक्षणका लागि वनक्षेत्र वरपर वसेका जनतासँग सहकार्य गर्ने, उपभोक्तालाई काठको न्यायोचित वितरण गर्ने र काठ वितरणमा देखिएको बेथितिलाइृ अन्त्य गर्न आफू अध्यक्ष पदको आकाँक्षी रहेको विकल्प भटटराईले बताउनुभयो ।
यस्तै अर्का आँकाक्षी ध्रुव यादव पनि लामो समयदेखि वन क्षेत्रमा देखिएको वेथितिको अन्त्य गर्न नै आफू अध्यक्ष पदको आकाँक्षी भएको बताउनुहुन्छ ।

1686351923347

उहाँले जनतालाई काठको सहज आपूर्ति गर्न र सुशासन कायम गर्न आफ्नो उम्मेदवारी रहेको बताउनुभयो ।
निर्वाचनमा कार्यपालिकाबाट छनौट प्रतिनिधि ६ जना, वडाबाट छनौट प्रतिनिधि ५२ जना र प्रत्येक वडा भेलाबाट छनौट प्रतिनिधि ३ सय ६४ गरी जम्मा ४ सय २२ जना मतदानमा सहभागी हुनेछन् ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु