२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

हाम्रो समाज जागरण अभियानद्वारा लागू औषध र दुर्व्यसन न्यूनीकरणसम्बन्धी सचेतनामूलक कार्यक्रमको आयोजना

२०८० जेष्ठ २७, शनिबार मा प्रकाशित ( साल अघि) ४४४ पाठक संख्या

सीता अधिकारी
सिमरा, २७ जेठः हाम्रो समाज जागरण अभियानले बाराको पिलुवामा लागू औषध र दुर्व्यसन न्यूनीकरणसम्बन्धी सचेतनामूलक कार्यक्रमको आयोजना गरेको छ । जीतपुरसिमरा उपमहानगरपालिकाको आर्थिक सहयोगमा शनिबार संस्थाले विद्यार्थीहरुलाई सचेतनामूलक प्रशिक्षण कार्यक्रमको आयोजना गरेको हो ।
बालबालिकाहरु किशोरावस्थामा प्रवेश गरेपछि उनीहरुमा शारीरिक, मानसिक र संवेगात्मक परिवर्तन आउने गर्दछ र गलत संगतमा पर्दा जीवन कुलतमा फस्न सक्ने भएकाले त्यसबाट सचेत गराउन आवस्यक रहेको जीतपुरसिमरा उपमहानगरपालिकाका उपप्रमुख भोला अधिकारीले बताउनुभयो । उहाँले किशोरावस्थाका विद्यार्थीहरुलाई यस्ता सचेतनामूलक प्रशिक्षण आयोजना गर्दा आफू मात्र नभइ, घर परिवार, छिमेकी र साथीहरुलाई समेत सचेतना जगाउन सक्ने धारणा व्यक्त गर्नुभयो ।

1686412186141
कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिका वडा नं १६ का वडाध्यक्ष हरिदेव खरेल, ट्राफिक व्यवस्थापन कार्यालय पथलैयाका प्रहरी निरीक्षक सुरेश आचार्य, समाजसेवी अनिल मैनाली, हाम्रो समाज जागरण अभियानका सचिव मनोज पौडेललगायतले लागू औषध प्रयोगबाट व्यक्ति र समाजमा देखिएको विकृति र विसंगति नियन्त्रण आवश्यक भएको धारणा व्यक्त गर्नुभएको थियो ।
संस्थाका कोषाध्यक्ष अच्युत पौडेलको सभाध्यक्षतामा भएको उद्घाटन सत्रको कार्यक्रममा नेकपा एमाले सचिवालय सदस्य सीमा ठकुरी, बारा एकेडेमी पिलुवका प्रधानाध्यापक कविता उप्रेती, रेडियो सिमराका निर्देशक सत्य श्रेष्ठ, सञ्चारकर्मी पुष्प खतिवडालगायतको सहभागिता रहेको थियो । प्रशिक्षण प्रहरी निरीक्षक आचार्य, सञ्चारकर्मी अनिल तिवारी र बबिन सुब्बाले दिनुभएको थियो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु