२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

जीतपुरसिमरामा सुरु भयो विद्यालय मर्जिंगको काम

२०८० जेष्ठ ३२, बिहिबार मा प्रकाशित ( साल अघि) ६२१ पाठक संख्या

सीता अधिकारी
सिमरा, ३२ जेठ: विद्यार्थी संख्या कम भएपछि बाराको जीतपुर सिमराले विद्यालय मर्जिंगको काम अघि बढाएको छ । पालिकाले बिहीबार वडा नं १४ मा रहेको जनचेतना आधारभूत विद्यालय मौलापुरलाई रजघट्टाको जनता माध्यमिक विद्यालयमा समायोजन गर्दै मर्जिंगको कामलाई अघि बढाएको हो ।
जीतपुरसिमरा उपमहानगरपालिकाका नगरप्रमुख राजन पौडेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमबाट दुई विद्यालय नगरमै पहिलोपटक एक भएको घोषणा गरिएको थियो । विद्यार्थीको संख्या न्यून भएका विद्यालयहरुको स्तर घटुवा वा समायोजन गर्ने उपमहानगरपालिकाको नीति अनुसार दुई विद्यालयहरु एक आपसमा गाभिएका हुन् ।
उपमहानगरपालिकाको नगर शिक्षा ऐन २०७५मा कमजोर विद्यालयलाई नजिकैको अर्को राम्रो विद्यालयसँग गाभ्न सकिने कानुनी ब्यवस्था भएबमोजिम दुई विद्यालयलाई एक बनाईएको नगरप्रमुख पौडेलले बताउनुभयो ।

1686841823210
कार्यक्रममा नगरका प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरीले शैक्षिक गुणस्तर वृद्धिका लागि विद्यालयको प्रशासनिक तथा भौतिक पूर्वाधारको विकास पनि अनिवार्य भएकाले त्यसतर्फ नगरले पहल गरिरहेको धारणा व्यक्त गर्नुभयो ।
जनचेतना आधारभुत विद्यालयमा विद्यार्थीको संख्या न्युन भएकाले र नजिकै अर्को विद्यालय हुनाले र स्थानीय अविभावकहरुले पनि उक्त विद्यालयको स्तरोन्नतिका लागि चासो नदेखाएपछि नजिकैको विद्यालयमामा गाभ्ने निर्णय गरिएको उपमहानगरपालिकाको शिक्षा महाशाखा प्रमुख शिवजी प्रसादले बताउनुभयो ।

वि सं २०४९मा स्थापना भएको जनचेतना आधारभूत विद्यालयमा न्यून विद्यार्थी भएका कारण पालिकाले २०८० जेष्ठ १० गते विद्यालय गाभ्ने विषयमा पत्राचर गरेको र सोही पत्रका आधारमा जेठ १३ गते बसेको अविभावक भेलाले विद्यालय समायोजका लागि सहमति गर्ने निर्णय गरेपछि प्रकृयामा गएको जनचेतना आधारभुत विद्यालयकी प्रधानाध्यापक भवानी पाण्डेले बताउनुभयो ।
२०४२ सालमा स्थापित जनाता माध्यमिक विद्यालयले कृषि प्राविधिक शिक्षालयसमेत संचालन गर्दै आएको छ । १ हजार १सय ८२ छात्रछात्रा अध्ययनरत रहेको सो विद्यालयमा संगीतको कक्षासमेत चलाउँदै आएको विद्यालयका प्रधानाध्यापक राजुप्रसाद अधिकारीले बताउनुभयो ।

1686841801560
विद्यालय मर्जिंग कार्यक्रम वडा नं.१४की वडाध्यक्ष एवं जनता माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चयन मगरको अध्यक्षतामा सम्पन्न भएको थियो ।

1686843220387

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु