२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

जीतपुरसिमरा उपमहानगरपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक

२०८० अषाढ २, शनिबार मा प्रकाशित ( साल अघि) ८५० पाठक संख्या

राजमणि बराल
सिमरा, २ असारः जीतपुरसिमरा उपमहानगरपालिकाको नीति तथा कार्यक्रम शनिवार सार्वजनिक भएको छ । वडा नं २१ को अमलेखगञ्जमा वसेको आठौं नगरसभाबाट नीति तथा कार्यक्रम सार्वजनिक भएको हो ।

उपमहानगरपालिकाको वार्षिक कार्य योजनाको रुपमा रहेको नीति तथा कार्यक्रम नगर प्रमुख राजन पौडेलले प्रस्तुत गर्नुभएको थियो । नगर प्रमुख पौडेलले नगरको नीति तथा कार्यक्रममा सामान्य प्रशासन, सेवा प्रवाह, राजश्व तथा आर्थिक प्रशासन, सुशासन, स्वास्थ्य सेवा, कृषि तथा पशुपन्छी विकास, शिक्षा, पूर्वाधार विकास, आर्थिक विकास, सामाजिक विकासका बारेमा बताउनुभएको थियो ।

1686997856504
यसैगरी उहाँले सहकारी, वन वातावरण र फोहोरमैला तथा विपद् व्यवस्थापन, भूमि व्यवस्थापन तथा भवन नियमन, न्याय कानुन, मानव अधिकार तथा सुशासन प्रवर्धन, योजना अनुगमन तथा तथ्यांक र पर्यटन प्रवर्धन नीतिलाई अघि सारिएको जानकारी दिनुभयो ।

नगरसभाबाट नीति तथा कार्यक्रम पारित भएसँगै उपमहानगरपालिकाले असार १० गते भित्र आर्थिक वर्ष २०८०/८१ लागि बजेट ल्याउने तयारी गरिरहेको छ ।

1686997652191

कस्ता छन् त चुनौती ?
नगर प्रमुख पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गर्दा स्थानीय वासिन्दाको वृत्ति विकास, रोजगार, आयमूलक, सिपमूलक, पूर्वाधार दीगो विकास जस्ता कुरालाई अवसर र भूउपयोग नीति, वातावरणमैत्री शासन, भवन आचारसिंता, खुला क्षेत्र घोषणा, सडक मापदण्ड निर्धारण, सडकवत्ती, राजस्व परिचालन, नगरको यातायात गुरुयोजना, सर्वसाधारणको इन्टरनेटमा पहुँच, सामाजिक सुरक्षामा असहजता, भष्टाचार शून्य सहनशीलता, सामुदायिक स्वास्थ्य क्लिनिक सञ्चालन, छाडा पशु चौपाया व्यवस्थापन, सार्वजनिक पार्क स्थापना, जग्गा संरक्षण, कृषिमा विद्युत्तीकरण,विषादीरहित कृषि, हरित् क्षेत्र कार्यक्रम, सरसफाइ, होमस्टे, ऐतिहासिक स्थलको स्ांरक्षण, पर्यटन विकास, पुरातात्विक संपदाको संरक्षणजस्ता अधिकतम आवश्यकतालाई न्यूनतम स्रोतसाधनबाट सम्बोधन गर्नुपर्ने विषयलाई चुनौतिका रुपमा लिएको जानकारी दिनुभयो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१५%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु